लम्कीचुहा नगरपालिकालाई शीतभण्डार हस्तान्तरण « Khabarhub

लम्कीचुहा नगरपालिकालाई शीतभण्डार हस्तान्तरण


२ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार, कृषि विकास निर्देशनालयले कैलालीको लम्कीचुहा नगरपालिकालाई ३० टन क्षमताको शीतभण्डार निर्माण गरी हस्तान्तरण गरेको छ ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७८–७९ को ५५ लाख बराबरको लागतमा लम्कीचुहा नगरपालिका–४ कौवापुरमा निर्माण गरिएको उक्त शीतभण्डारको चाबी बुधबार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी, निर्देशनालयका निर्देशक यज्ञराज जोशी र कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले संयुक्तरुपमा नगरप्रमुख सुशीला शाहीलाई हस्तान्तरण गरियो । 

सो अवसरमा मन्त्री चौधरीले कृषि विकासका लागि किसानलाई गर्नुपर्ने सहयोगका लागि सरकार क्रियाशील रहेको बताए । नगर प्रमुख शाहीले शीतभण्डारको प्रयोगबाट किसानलाई राहत हुने विश्वास व्यक्त गर्दैै यसलाई कार्यविधि बनाएर छिट्टै सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । शीतभण्डारको उपलब्धताले उत्पादन भएका कृषिउपजको व्यवस्थापन, भण्डारण र बजारीकरणमा सहयोग पुग्ने बताइएको छ ।

निर्देशनालयका निर्देशक जोशीले प्रदेशका सबै नौ जिल्लामा शीतभण्डार निर्माण गरी हस्तान्तरण गर्ने सरकारको नीतिले कृषि उत्पादन र व्यवसायीकरणमा सहयोग पुग्ने बताए । 

कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले ठूलो लगानीमा बढी क्षमताका शीतभण्डारको सञ्चालनभन्दा यस्ता स–साना शीतभण्डार सञ्चालन र व्यवस्थापन गर्न किसानलाई सहज हुने देखिएको बताए ।

लम्कीचुहा नगरपालिकाको सहकार्यमा उक्त शीतभण्डार किसान बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याउन लागेको छ । शीतभण्डारमा तीन ब्लकमा बढीमा ३० टन तरकारी भण्डारण गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ११ : २० बजे

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर