नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको एकलाख १३ हजार ७०० रुपैयाँ | Khabarhub Khabarhub

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको एकलाख १३ हजार ७०० रुपैयाँ


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउले आज नयाँ रेकर्ड बनाउँदै छापावाल सुन प्रतितोला १ लाखा १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ ।

यसअघि साउन ४ गते, सुनको भाउ सबैभन्दा उच्च दरमा खरिदबिक्री भएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो । 

हिजो पनि सुनको भाउमा भारी वृद्धि भएको थियो । हिजो सुन तोलामा एक हजार ३०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सस्तिएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  १२ : १८ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि