पूर्वराष्ट्रपति भण्डारीद्वारा लिङ्ग भैरवी मन्दिरमा पूजा | Khabarhub Khabarhub

पूर्वराष्ट्रपति भण्डारीद्वारा लिङ्ग भैरवी मन्दिरमा पूजा


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौँको बसुन्धारास्थित लिङ्ग भैरवीको मन्दिरमा पुगेर पूजाआजा गरेकी छन्  । नवरात्रको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले लिङ्ग भैरवीमा आज दिउँसो पूजा आराधना गरेकी हुन् ।

उक्त मन्दिरमा अहिले नवरात्रको समयमा दैनिक एक हजारको सङ्ख्यामा भक्तजनले पूजापाठ गर्नुका साथै आरती, अभिषेक गरिरहेको मन्दिरका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिइन् । मन्दिरमा नवरात्रको समयमा बिहान ७ बजे, दिउँसो १२ बजे र राति ७ बजे आरती तथा अभिषेक कार्यक्रम गरिँदै आएको छ ।

अहिले नवरात्रको समयमा पनि चीन, भियतनाम, रुस, भारत, मङ्गोलिया, कम्बोडियालगायतका देशबाट पनि भक्तजनहरू दर्शन तथा पूजाआजाका लागि आउने गरेको मन्दिरका पुजारी स्वामी बज्र बालाले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ३ : ४१ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना