बेलायती प्रधानमन्त्री सुनक तेल अविवमा « Khabarhub

बेलायती प्रधानमन्त्री सुनक तेल अविवमा


२ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तेल अविव– इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच इजरायली शीर्ष नेताहरूलाई भेट्न र युद्धग्रस्त मुलुक इजराइलसँग ऐक्यबद्धता प्रकट गर्न बेलायती प्रधानमन्त्री ऋषि सुनक बिहीबार तेल अविव आइपुगेका छन् ।

प्रधानमन्त्री सुनकले अक्टोबर ७ मा इजरायलमा भएको रकेट हमलामा इजराइल र गाजामा भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्ने र आफ्ना इजरायली समकक्षी बेन्यामिन नेतान्याहु र इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट्ने उनको कार्यालयले जनाएको छ । 

‘प्रत्येक नागरिकको मृत्यु एउटा त्रासदी हो र हमासको भयानक आतंकवादी क्रियाकलापपछि धेरै मानिसको मृत्यु भएको छ’, रोयटर्सका अनुसार तेल अविव भ्रमण गर्नुअघि प्रधानमन्त्री सुनकले एक विज्ञप्तिमा भने । 

यसका अतिरिक्त प्रधानमन्त्री सुनकले चाँडोभन्दा चाँडो गाजामा मानवीय सहायता पठाउन अनुमति दिन र गाजामा फँसेका बेलायती नागरिकहरूलाई बेलायत प्रस्थान सम्भव बनाउन मार्ग खोल्न आह्वान गर्ने पनि रोयटर्सले जनाएको छ । 

यसअघि सामाजिक सञ्जाल एक्समा सुनकले सयौँको ज्यान जाने गरी गाजाको अस्पतालमा भएको हमलाको निन्दा गरे। ‘अल अहबी अस्पतालको दृश्यबाट हामी सबै स्तब्ध भएका छौँ, हाम्रा जासुसी संयन्त्रले तथ्यहरूको स्वतन्त्ररूपमा स्थापित गर्न तीव्ररूपमा विश्लेषण गरिरहेको छ’, उनले भने । 

हरेक दिन युद्ध क्रुर हुँदै जाँदा दुवै पक्षका हजारौँ मानिस मारिएका छन् । 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ३ : ५३ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा