उपत्यकाका विभिन्न नाकामा सवारी साधनको चाप | Khabarhub Khabarhub

उपत्यकाका विभिन्न नाकामा सवारी साधनको चाप


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँबडादशैँको अवसरमा उपत्यका छाड्ने सर्वसाधारणहरू बढेसँगै उपत्यकाका बिभिन्न नाकामा सवारी साधनको चाप बढेको छ । 

जगाती, कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकामा सवारी साधनको चाप बढेको ट्राफिक कार्यालयले जनाएको छ । उपत्यकाबाट पछिल्लो दिनमा सवारी साधन रिर्जभ गरेर जानेको संख्या पनि बढेका कारण सवारीको पनि चाप बढेको हो । 

अहिले उपत्यका भित्रनेको तुलनामा बाहिरिनेको संख्या निकै बढि छ , यो क्रम फूलपातीसम्म जारी रहने देखिएको छ । घर फर्कनेको पाँच बढेपछि सहज रुपमा सवारी साधन नपाउने, बढि भाडा लिने, एउटै सिटको दोहोरो टिकट काट्ने लगायतका समस्या दिएर सर्वसाधारण आउने गरेको नागरिकता सहायता कक्षमा बसेका ट्राफिक प्रहरीहरूले बताएका छन् । 

सर्वसाधारणलाई ठगिन नदिन नाकामा ट्राफिक प्रहरीहरू बसेर बढि भाडा लिए नलिएको चेकजाँच पनि गरिरहेका छन् । कामका लागि देश बाहिर रहेका र देश भित्र पनि शहरी क्षेत्रमा बस्दै आएकाहरू दशैँमा घर फर्कने गरेका छन् । 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ४ : २२ बजे

नारायणी पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

चितवन– नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको

प्रचण्डको गुनासो- सरकारले कर्णालीमाथि अपमान गर्‍यो

सुर्खेत–  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

चौकीडाँडा-कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द

चितवन– चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि

जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी : मुहम्मद युनुस

ढाका– बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युतका क्षेत्रमा सहकार्य

भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु

नयाँदिल्ली– भारतको मध्यक्षेत्रमा अवस्थित छत्तीसगढ  राज्यमा आइतबार राति बस र