गाईभैँसीलाई सुत्केरी पोषण भत्ता « Khabarhub

गाईभैँसीलाई सुत्केरी पोषण भत्ता


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो । गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ ।

कृत्रिम गर्भाधानका माध्यमबाट गाईभैँसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्यले बताए । कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाच्छाबाच्छी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।

“कृत्रिम गर्भाधान गराएका गाईभैँसीबाट जन्मिएका पाडापाडी र बाच्छाबाच्छी चार महिना पालेपछि मात्र अनुदान दिने गरिएको छ”, आचार्यले भने, “जसले गर्दा कृषकले उन्नत जातका पाडापाडी र बाच्छाबाच्छी पाल्न थालेका छन् ।” विशेष गरेर जन्मिँदाबित्तिकै भैँसीका पाडापाडी काटेर खाने (नपाल्ने) चलन हटाएर संरक्षण गर्न कार्यक्रम सञ्चालन गरिएको भन्दै यो कार्यक्रम प्रभावकारी देखिएको पशु सेवा प्राविधिक दिपक श्रेष्ठले बताए ।

गत आर्थिक वर्ष २०७९/८० मा ७२ जना कृषकलाई पाडापाडी र बाच्छाबाच्छी हुर्काएबापत पोषण भत्ता स्वरुप रू दुई हजार पाँच सयका दरले कूल रू एक लाख ८० हजार वितरण गरेको शाखाले जनाएको छ । जनप्रतिनिधि र पशु सेवा प्राविधिकले बाच्छाबाच्छी र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउने कार्यविधि छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमका अलावा उन्नत जातका राँगो, साँढे र बोकासमेत वितरण गरेको छ । यसका लागि अनिवार्य पशुबीमा गर्नुपर्ने उल्लेख गरिएको छ ।

पालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन बाख्रा, गाईभैँसी र कुखुरापालनको पकेट क्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । उत्पादन लागत घटाउन घाँसमा आधारित पशुपालनका लागि बहुबर्षे डाले र भुइँघाँस खेती विस्तारका लागि बीउ र बिरुवा वितरण गरेको छ । वार्षिक १९ लाख ५२ हजार ३१४ लिटर दूध आवश्यकपर्ने जलजला गाउँपालिका दूधमा आत्मनिर्भर बनेर निकासी गर्ने अवस्थामा पुगेको पशु स्वास्थ्य प्राविधिक श्रेष्ठले जानकारी दिए ।

वार्षिक २७ लाख ६३ हजार एक सय ५० लिटर दूध उत्पादन हुने जलजलाबाट आठ लाख १० हजार आठ सय ३६ लिटर दूध निकासी हुने गरेको उनले बताए । वार्षिक तीन लाख तीन सय ५६ किलोग्राम मासु आवश्यकपर्नेमा एक लाख ७१ हजार ५३ किलोग्राम र १० लाख २९ हजार सात सय ९२ वटा अण्डा आवश्यकपर्नेमा छ लाख ५७ हजार दुई सय ८० वटा उत्पादन हुने गरेको जलजलाको पशु सेवा शाखाले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ४ : ३८ बजे

श्रीमतीको खुर्पा प्रहार गरी हत्या, श्रीमान् पक्राउ

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट