राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने | Khabarhub Khabarhub

राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले महासचिव गुटेरेस कात्तिक १२ देखि १५ सम्मका लागि नेपाल आउन लागेको र बैठकले उनको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, नेपाली शान्ति सेना लगायतका विषयमा उच्चस्तरमा छलफल गर्ने बताइएको छ । बैठकले तल्लो अरुण जलविद्युत परियोजना ६६९ मेगावाटको आवश्यक १ सय दशमलव ९७ हेक्टर निजी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ । परराष्ट्रमन्त्रीको कार्तिक ८ देखि १६ गतेसम्म अमेरिकाको भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

प्रवक्ता शर्माले चाडपर्वमा हुनसक्ने कालाबजारी रोक्न अनुगमन टोली सक्रिय रहेको जानकारी दिइन् । चिनी लगायतका अत्यावश्यक बस्तुको अभाव क्रमश हट्दै जाने उनले बताइन् । 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ५ : २७ बजे

मुख्यमन्त्री शाह र धनगढी उप-महानगरपालिका नगर प्रमुख हमालबीच भेटवार्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र धनगढी उप-महानगरपालिका

हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

बागमती– चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज एक

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा

कैलाली– कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा