बीआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी : सम्मानित नेता खनाल « Khabarhub

बीआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी : सम्मानित नेता खनाल


२ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले बीआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी हुने बताएका छन् ।

बेल्ट एण्ड रोड फाउण्डेशनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै नेता खनालले चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विश्वका विभिन्न देशका जनता–जनताबीचको आपसी सहकार्य तथा आर्थिक विकासका निम्ति भएको बताए ।

उनले समतामूलक, समृद्ध र प्रगतिशील विश्व व्यवस्थाका लािग बीआरआई महत्वपूर्ण हुने बताएको नेकपा एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव शङ्कर खतिवडाले जानकारी दिए ।

बीआरआईले विश्वभरका जनतालाई एकापसमा व्यापार गर्न, आपसी मूल्य, मान्यताबाट सिक्न र पारस्परिक सहयोगलाई प्रवर्द्धन गर्न अभुतपूर्व अवसर प्रदान गरेको नेता खनालले बताए ।

उनले भने–चीनले अगाडि सारेको बिआरआईले विश्वभर रहेका मानिसको मानवता र समावेशी आर्थिक सहयोगको साझा भविष्यको परिकल्पनालाई पुनः फिर्ता ल्याएको छ । बिआरआईका माध्यमबाट नेपालले आर्थिक विकासमा गति लिने विश्वास उनले व्यक्त गरे ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ५ : ५७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र