सवारी दुर्घटना रोक्न चालकलाई सम्मान « Khabarhub

सवारी दुर्घटना रोक्न चालकलाई सम्मान


२ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

झापा- चाडपर्वको अवसरमा हुने सवारी दुर्घटना रोक्न सवारी चालकलाई सम्मान गरिएको छ । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा चालकलाई जिम्मेवार बनाउन र उनीहरूको आत्मविश्वासलाई बढाउन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आज सम्मान गरेको हो ।

बडादसैँ, दीपावली तथा छठपर्वलाई लक्षित गरेर सङ्गठनले थालेको ‘सुरक्षित यात्राका सारथी’ नारासहितको कार्यक्रममा काँकडभिट्टाबाट महेन्द्रनगर, नेपालगन्ज, चरिकोट र पोखराजस्ता लामा रूटमा सवारी कुदाएर हालसम्म कुनै दुर्घटना तथा ट्राफिक कारबाहीमा नपरेका चालकलाई अबिर, मालाले सम्मान गरिएको छ ।

सम्मानित हुने चालकमा श्यामबहादुर गुरुङ, हरेराम खड्का, गोविन्द ढकाल, सचिन महत, रविन रिजाल, दीपक गौतम, जगत् पौडेल र ढुवानी मजदुर विर्खबहादुर गिरी रहेका छन् ।

दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले आठजना चालकलाई सम्मान गरिएको सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए । उनले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकले देखाएको इमान्दारिताले समाजमा अरु मान्छेलाई पनि सहयोगी बन्न प्रेरणा मिल्ने आशा व्यक्त गरे ।

कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द बुढाथोकीले सवारीमा यात्रुमैत्री व्यवहार गर्न सवारी चालक, सहचालक र परिचालकलाई आग्रह गरे ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ६ : ५४ बजे

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

बेइजिङ- अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

चितवन– घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक

कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी 

काठमाडौं – काठमाडौंको कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी भएको छ ।

नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

त्रिशूली – नुवाकोटको विदुर नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा तीन

सम्राको शतक र कुशलको अर्धशतकले पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार युवराज सिंह सम्राले