विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक २ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर १९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

सहायता सामग्री पुर्‍याउन गाजा सीमा खोल्ने सम्झौता
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्‍याउन अनुमति दिने एक सम्झौता सुरु गरेका छन् । गाजाबाट इजराइली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडी भागेका छन् ।

इजराइलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग गहन टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा प्रवेश गर्नका लागि बन्द भएको रफाह पार गर्न शुक्रबारदेखि सीमित सङ्ख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडेनले बताए ।

अक्टोबर ७ यता गाजामा प्रवेश गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत हुनेछ । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजराइलमा आक्रमण गर्दा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयको मृत्यु भएको छ भने हमासले करिब दुई सयलाई बन्धक बनाएको छ ।

त्यसयता इजराइलले प्यालेस्टिनी क्षेत्रलाई घेरा हालेको छ र हवाई हमला सुरु गरेको छ । साथै प्यालेस्टिनी क्षेत्रमा नाकाबन्दी लगाएको छ र अपेक्षित जमिन आक्रमणको तयारीका लागि दशौँ हजार सेनालाई सीमामा परिचालन गरेको छ ।

संयुक्त राष्ट्रसङ्घ र मानवतावादी समूहहरूले गाजामा सैन्य पकडलाई कम गर्न पानी, खाद्यान्न, इन्धन र औषधिहरूको आपूर्तिको अनुमति दिन आग्रह गरेका छन् । राष्ट्रसङ्घीय मानवअधिकारवादी शीर्ष अधिकारी मार्टिन ग्रिफिथ्सले बुधबार गाजामा स्थिति गम्भीर रहेको भन्दै घाइतेले अस्पताल भरिएको, तीन हजार गाजाबासी मारिएको र १२ हजार पाँच घाइते भएको बताए । ‘मृत्यु, पीडा र विनाशको गतिलाई बढाइचढाइ गरेर भन्न सकिन्न’, उनले भने ।

विनाशका बावजुद गाजामा प्रवेशका लागि इजिप्टतिरको सीमा क्षेत्रमा एक सयभन्दा बढी ट्रक लाइन लागेका छन् । इजराइलले सहायता सामग्री पुर्याउने निहुँमा हतियार हमासको हातमा पुग्न सक्ने चिन्ता व्यक्त गरेको छ । दशकौँदेखिको सङ्घर्षको यो चरण सुरु भएपछि इजरायलले सीमापार क्षेत्रमा कयौँ हवाई हमला गरिसकेको छ ।

सीमामा नियन्त्रण गरेको इजिप्टलाई प्रवेशद्वार खोल्दा दशौँ हजार शरणार्थी आफ्नो भूमिमा आउने चिन्ता छ । अमेरिकी राष्ट्रपति बाइडेनले सुरुमा करिब २० वटा ट्रक गाजामा प्रवेश गर्ने र सबै पक्षबीच सहमति भए अरु ट्रक पठाइने बताए।

‘हामी सम्भव भएसम्म धेरैभन्दा धेरै ट्रकलाई बाहिर पठाउन चाहन्छौँ’, उनले भने, ‘यदि हमासले ट्रकलाई नियन्त्रणमा लिन्छन् र लक्षित स्थानमा पुर्याउन दिँदैनन् भने ट्रक पठाउने काम यहीँ बन्द हुन्छ, हामी हमासलाई कुनै पनि मानवीय सहायता पठाउने छैनौँ ।’

इजराइली अधिकारीहरूले डेलिभरी खाद्यान्न, पानी र औषधिसम्म सीमित हुने भन्दै उक्त सामग्रीको प्रयोग हमासले गर्ने छैन भन्ने सर्त भएको बताएका छन् ।

राष्ट्रसङ्घीय अधिकारी ग्रिफिथ्सले गाजामा मानवीय सहायता पूरा गर्नका लागि प्रतिदिन एक सय ट्रकको आवश्यकता रहेको बताए ।

रुसले गाजामा २७ टन मानवीय सहायता पठायो
रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपतकालीन मन्त्रालयले बताएको छ ।

‘मस्को नजिकैको रामेन्स्कोये विमानस्थलबाट इजिप्टको अल–अरिशतर्फ एक विशेष विमानले उडान भरेको छ, गाजापट्टीमा पठाउनका लागि रुसी मानवीय सामग्री इजिप्टको रेड क्रिसेन्टलाई हस्तान्तरण गरिने छ’, उपमन्त्री इल्या डेनिसोभले एक विज्ञप्तिमा भने । उनका अनुसार मानवीय सामग्रीमा गहुँ, चिनी, चामल र पास्ता रहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्‍याउन अनुमति दिने एक सम्झौता सुरु गरेका छन् । गाजाबाट इजरायली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडी भागेका छन् ।

इजरायलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग गहन टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा प्रवेश गर्नका लागि बन्द भएको रफाह पार गर्न शुक्रबारदेखि सीमित सङ्ख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडनले बताए।

अष्ट्रेलियाको क्विन्सल्याण्डमा विमान दुर्घटना हुँदा पाइलटको मृत्यु
अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा बिहीबार एउटा हल्का विमान दुर्घटना हुँदा त्यसमा सवार पाइलटको मृत्यु भएको भएको छ ।

क्विन्सल्याण्ड प्रहरीले विज्ञप्ति जारी गर्दै विमान राज्यको दक्षिणपूर्वमा रहेको ग्रामीण शहर वारविक नजिकै पाल्ग्रेभको खेतमा खसेको पुष्टि गरेको छ ।

स्थानीय समय करिब १२स्१५ बजे एउटा हल्का विमानमा समस्या देखिएको जानकारी प्राप्त भएको प्रहरी अधिकृत पाउला स्मिथर्डले पत्रकारहरूलाई जानकारी गराएकी थिइन् । दुर्घटना बारे अनुसन्धान जारी छ ।

बेलायती प्रधानमन्त्री सुनक तेल अविवमा
इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच इजरायली शीर्ष नेताहरूलाई भेट्न र युद्धग्रस्त मुलुक इजराइलसँग ऐक्यबद्धता प्रकट गर्न बेलायती प्रधानमन्त्री ऋषि सुनक बिहीबार तेल अविव आइपुगेका छन् ।

प्रधानमन्त्री सुनकले अक्टोबर ७ मा इजरायलमा भएको रकेट हमलामा इजराइल र गाजामा भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्ने र आफ्ना इजरायली समकक्षी बेन्यामिन नेतान्याहु र इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट्ने उनको कार्यालयले जनाएको छ ।

‘प्रत्येक नागरिकको मृत्यु एउटा त्रासदी हो र हमासको भयानक आतंकवादी क्रियाकलापपछि धेरै मानिसको मृत्यु भएको छ’, रोयटर्सका अनुसार तेल अविव भ्रमण गर्नुअघि प्रधानमन्त्री सुनकले एक विज्ञप्तिमा भने ।

यसका अतिरिक्त प्रधानमन्त्री सुनकले चाँडोभन्दा चाँडो गाजामा मानवीय सहायता पठाउन अनुमति दिन र गाजामा फँसेका बेलायती नागरिकहरूलाई बेलायत प्रस्थान सम्भव बनाउन मार्ग खोल्न आह्वान गर्ने पनि रोयटर्सले जनाएको छ ।

यसअघि सामाजिक सञ्जाल एक्समा सुनकले सयौँको ज्यान जाने गरी गाजाको अस्पतालमा भएको हमलाको निन्दा गरे। ‘अल अहबी अस्पतालको दृश्यबाट हामी सबै स्तब्ध भएका छौँ, हाम्रा जासुसी संयन्त्रले तथ्यहरूको स्वतन्त्ररूपमा स्थापित गर्न तीव्ररूपमा विश्लेषण गरिरहेको छ’, उनले भने ।

हरेक दिन युद्ध क्रुर हुँदै जाँदा दुवै पक्षका हजारौँ मानिस मारिएका छन् ।

पुटिनद्वारा चीनसँगको ‘अभूतपूर्व’ ऊर्जा सम्बन्धको प्रशंसा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार मस्को र बेइजिङबीचको ‘अभूतपूर्व’ ऊर्जा सहकार्यको प्रशंसा गर्नुभएको छ भने क्रेमलिनले युरोपेली बजारमा भएको नोक्सानीको क्षतिपूर्तिका लागि आफ्नो एसियाली साझेदारीलाई मजबुत बनाउने प्रयास गरिरहेको छ ।

युक्रेनको आक्रमणलाई लिएर रूसमाथि पश्चिमा मुलुकले ठूलो प्रतिबन्ध लगाएको छ भने युरोपले मस्कोसँगको आफ्नो ऊर्जा सम्बन्ध अन्त्य गर्ने प्रयास गरिरहेको छ । पुटिनले बिहीबार दुई दिने चीन भ्रमण पूरा गर्नुभएको छ, जुन पूर्व सोभियत सङ्घबाहिर यस बर्ष भएको पहिलो भ्रमण हो ।

‘रूसी सङ्घ र चिनियाँ जनगणतन्त्रबीचको समग्र साझेदारी र रणनीतिक सहयोगको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको छ र गतिशील रूपमा विकास भइरहेको छ,’ बेइजिङमा आयोजित रूसी–चिनियाँ ऊर्जा मञ्चलाई सम्बोधन गर्दै पुटिनले भने।

‘यस सम्बन्धको एक प्रमुख क्षेत्र ऊर्जा सहयोग हो, जुन बढ्दो रूपमा सक्रिय भइरहेको छ,’ उनले भने। रूसी तेल कम्पनी रोसनेफ्टका प्रमुख इगोर सेचिनले रूसले छिमेकी मुलुक चीनमा गर्ने निर्यातको ७५ प्रतिशतभन्दा बढी ऊर्जासँग जोडिएको बताए ।

‘यो वर्ष, चीनमा रूसी ग्याँस निर्यात एक ऐतिहासिक अधिकतम पुग्नेछ अर्थात् यो बर्ष – ३० अर्ब क्यूबिक मिटरभन्दा बढी ग्याँस वितरण गरिनेछ,’ पुटिनका निकट सहयोगी रहेका सेचिनलले भने।

सेचिनले सन् २०२३ मा साउदी अरबलाई उछिनेर रूस चीनको मुख्य तेल आपूर्तिकर्ता भएको बताए। विशेषगरी जी–७, युरोपेली सङ्घ र अस्ट्रेलियाले रूसको निर्यातमा मूल्य सीमा तोकेका तेलमा पश्चिमा मुलुकले कडा प्रतिबन्ध लगाएका छन्, मस्कोले महिनौंदेखि एसियामा डेलिभरी लाई पुनर्निर्देशित गर्ने प्रयास गर्दै आएको छ ।

मस्कोले अर्को वर्ष रूसबाट चीनसम्म ‘साइबेरिया २ को पावर’ पाइपलाइन निर्माण सुरु गर्ने आशा गरेको छ, जुन बेइजिङमा अधिक प्राकृतिक ग्याँस पुर्‍याउने एक विशाल परियोजना हो ।

चीनद्वारा आठ अजार डिजिटल कार्यशाला निर्माण गर्ने

चीनले हालसम्म करिब आठ हजार डिजिटल कार्यशाला तथा स्मार्ट कारकाखाना निर्माण गरेको छ । औद्योगिक नेटवर्कको मुख्य उद्योगका रूपमा रहेको यसको कारोबार एक खर्ब ६७ अर्ब अमेरिकी डलर भन्दा बढी रहेको एक अनुसन्धानको प्रतिवेदनले देखाएको छ ।

चीनको लियानिङ प्रान्तको राजधानी शेन्याङमा आयोजित सन् २०२३ को ग्लोबल इन्डस्ट्रियल इन्टरनेट कन्फरेन्समा चाइना एकेडेमी अफ इन्डस्ट्रियल इन्टरनेटले औद्योगिक इन्टरनेटको नवप्रवर्तन तथा विकाससम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।

हालसम्म देशभरका ३१ प्रान्तीयस्तरका क्षेत्रले औद्योगिक नेटवर्क विकास नीति तथा कार्ययोजना ल्याएका छन् । एकेडेमी प्रमुख लु चनकोङले फाइभ जी सामुदमयिक नेटवर्क तथ्यांक र मानव निर्मित बौद्धिकता जस्ता प्रमुख प्रविधिको अनुसन्धान र विकासका साथै औद्योगिकरणले गति लिइरहेको बताए।

यसैबीच औद्योगिक नेटवर्कको तथ्यांक सुरक्षा गर्नका लागि प्रणालीको लगातार सुधार गरिएको बताइएको छ । एक सयभन्दा बढी विश्वविद्यालय तथा क्याम्पसले औद्योगिक नेटवर्कको सान्दर्भिक मापदण्ड थपेका छन् । लुले सान्दर्भिक तालिम ब्याचको स्थापना गरिएको जानकारी दिए।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ७ : ५९ बजे

कैदीले सीप सिकाए, लिम्बू दम्पती व्यवसायी बने

काठमाडौं– कर्म गर्ने लक्ष्य लिए जति विघ्नबाधा आए पनि मानिस

भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ

भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि

काठमाडौं– भारतमा सूचना प्रविधि सेवाको क्षेत्र सन् २०२३ मा ६

श्रीलंकामा खाद्यान्नको मूल्य वृद्धि

काठमाडौं– संकटग्रस्त श्रीलंकाको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

काठमाडौं– निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ