शैक्षिक सुधारको मूल आधार बाल शिक्षा हो : मुख्यमन्त्री शर्मा « Khabarhub

शैक्षिक सुधारको मूल आधार बाल शिक्षा हो : मुख्यमन्त्री शर्मा


२ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शैक्षिक सुधारको आधार बाल शिक्षा भएको बताएका छन्।

शिक्षा पत्रकार समूहद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘मुख्यमन्त्रीलाई बालबालिकाको चिठ्ठी’ रुपान्तरण तथा कर्णालीका विद्यालयमा शिक्षाको अवस्था प्रादेशिक बहसमा बोल्दै उनले शिक्षाको मूल आधार बालशिक्षा भएको बताएका हुन् । मुख्यमन्त्री शर्माले भने, “जग बलियो नभई घर बलियो हुँदैन । शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्रमा राखेपनि आपसी सहकार्यविना अपेक्षित नतिजा आउन सक्दैन ।”

शैक्षिक सुधारको मूल आधार स्थानीय तह भएकाले बजेट र जनशक्ति दुवै बलियो बनाउनुपर्ने भन्दै उनले कर्णाली प्रदेश सरकारले शैक्षिक सुधारका लागि १० जिल्लामा १० नमूना विद्यालय बनाउने गरी आवश्यक कार्य अघि बढाउन लागेको बताए । यसका लागि कार्यविधि निर्माण भइरहेको छ”, मुख्यमन्त्री शर्माले भने, “शिक्षण सिकाइ केन्द्र निर्माण गरी अनलाइन र भौतिकरूपमा विद्यार्थी पढाउने शिक्षक र अभिभावकबीचको अन्तक्र्रिया तथा स्थानीय तहलाई पाठ्यक्रम निर्माणमा प्रदेश सरकारले सहयोग गर्नेछ ।”

कर्णाली प्रदेशको ठूलो भूगोल तर न्यून बजेटका कारण शिक्षालगायतका क्षेत्रमा उल्लेख्य प्रगति हासिल हुन नसकेपनि आगामी पाँच वर्षभित्र अहिले देखिएको शैक्षिक सूचकहरू परिवर्तन हुनेगरी शिक्षामा सुधार आउने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा कर्णालीका विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीले लेखेका चिठ्ठी तथा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले प्रकाशन गरेको ‘मुख्यमन्त्रीलाई बालबालिकाको चिठ्ठी पुस्तक’ मुख्यमन्त्री शर्मालाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ८ : २० बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको