‘परदेशी घर फर्की आइदेऊ न’ गीतको म्युजिक भिडियो सार्वजनिक « Khabarhub

‘परदेशी घर फर्की आइदेऊ न’ गीतको म्युजिक भिडियो सार्वजनिक


२ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रमोद खरेलको दशैँ–तिहार विशेष ‘परदेशी घर फर्की आइदेऊ न’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोक–आधुनिक शैलीको परदेशीले दशैँ मान्न नपाएको यो गीतमा ऋषि खड्काको शब्द–संगीत रहेको छ । गीतको संगीत संयोजन कमल सौरागले गरेका छन् भने मिक्सिङ–मास्टरिङ कुमार रानाले गरेका हुन् । गीतको अडियो ‘मारुनी’ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीतको भिडियोलाई आशिर प्रताप जङले निर्देशन गरेका हुन् । राम केसी र टिमले भिडियो खिचेका हुन् भने सम्पादन र कलरिङ अमृत चापागाईंले गरेका हुन् ।

म्युजिक भिडियोको ‘लिड रोल’मा निर्देशक तथा चर्चित मोडल आशिर प्रताप जङ आफैँले अभिनय गरेका छन् भने फिमेल क्यारेक्टरमा पछिल्लो समयकी चर्चित टिकटकर तथा मोडेल स्मारिका ढकालले उनलाई साथ दिएकी छन् ।

गीतको भिडियो हार्ट विट नेपालले सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ९ : २६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली