‘परदेशी घर फर्की आइदेऊ न’ गीतको म्युजिक भिडियो सार्वजनिक « Khabarhub

‘परदेशी घर फर्की आइदेऊ न’ गीतको म्युजिक भिडियो सार्वजनिक


२ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रमोद खरेलको दशैँ–तिहार विशेष ‘परदेशी घर फर्की आइदेऊ न’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोक–आधुनिक शैलीको परदेशीले दशैँ मान्न नपाएको यो गीतमा ऋषि खड्काको शब्द–संगीत रहेको छ । गीतको संगीत संयोजन कमल सौरागले गरेका छन् भने मिक्सिङ–मास्टरिङ कुमार रानाले गरेका हुन् । गीतको अडियो ‘मारुनी’ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीतको भिडियोलाई आशिर प्रताप जङले निर्देशन गरेका हुन् । राम केसी र टिमले भिडियो खिचेका हुन् भने सम्पादन र कलरिङ अमृत चापागाईंले गरेका हुन् ।

म्युजिक भिडियोको ‘लिड रोल’मा निर्देशक तथा चर्चित मोडल आशिर प्रताप जङ आफैँले अभिनय गरेका छन् भने फिमेल क्यारेक्टरमा पछिल्लो समयकी चर्चित टिकटकर तथा मोडेल स्मारिका ढकालले उनलाई साथ दिएकी छन् ।

गीतको भिडियो हार्ट विट नेपालले सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ९ : २६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको