इसरोका वैज्ञानिकहरुसँग भारतीय प्रधानमन्त्री मोदीको छलफल « Khabarhub

इसरोका वैज्ञानिकहरुसँग भारतीय प्रधानमन्त्री मोदीको छलफल


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको महत्वाकांक्षी गगनयान अन्तरिक्ष मिसनको प्रगति तथा अवस्थाका विषयमा जानकारी लिन हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष एजेन्सी इसरोका वैज्ञानिकहरुसँग एउटा उच्चस्तरीय समीक्षा बैठक राखेका छन् ।

उक्त बैठकका क्रममा इसरोले गगनयान अन्तरिक्ष मिसन सही ढंगले अघि बढिरहेको भन्दै मोदीलाई विश्वस्त बनाउने कोसिस गरेको छ । भारतीय अन्तरीक्ष विभागले प्रधानमन्त्री मोदीसामु गगनयान मिसनको विस्तृत विवरण प्रस्तुत गर्‍यो । साथै उसले भविष्यका परियोजना तथा मिसनका बारेमा पनि बताएको छ, जसमध्ये दुईवटा विषय निकै चाखलाग्दा छन् ।

पहिलो सन् २०३५ सम्म भारतमा आफ्नो अन्तरिक्ष स्टेशन बनाउनेछ । दोस्रो सन् २०४० सम्म चन्द्रमामा पहिलो भारतीय अन्तरिक्षयात्री पुग्नेछन्
साथै इसरोले गगनयान मिसनका लागि आवश्यक पर्ने रकेटको निर्माण भैरहेको पनि जनाएको छ । यो एउटा ह्युमन रेटेड लञ्च भेहिकल हो । अब यो रकेटको आगामी तीनवटा मानव रहित उडानका क्रममा २० भन्दा धेरै मुख्य परीक्षण हुनेछन् ।

एचएलभीएमथ्री रकेटका माध्यमबाटै भारतीय वायुसेनाका पाइलटलाई अन्तरिक्षयात्री बनाएर अन्तरिक्षमा पठाइनेछ ।इसको पहिलो परीक्षण उडान यही अक्टोबर २१ मा हुनेछ । गगनयान मिसनको अन्तिम प्रक्षेपण भने सन् २०२५ मा हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३५ सम्ममा भारतीय अन्तरिक्ष स्टेशन निर्माण गर्न इसरोलाई निर्देशन दिएका छन् । साथै सन् २०४० सम्म भारतीय अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउनका लागि तयार पार्न पनि उनले निर्देशन दिए ।

चन्द्रयान थ्री तथा आदित्य एल १ मिसनको सफलतासँगै प्रधानमन्त्री मोदी इसरोसँग खुसी छन् । मोदीको निर्देशन पश्चात् भारतीय अन्तरिक्ष विभागले चन्द्रमामा अनुसन्धान गर्नका लागि योजना तयार गरेर पेस गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

चन्द्रमामा मानिसलाई पठाउनका लागि इसरोलाई नेक्स्ट जेनेरेसन लन्च भेहिकल आवश्यक पर्नेछ । त्यसका लागि नयाँ लन्च प्याड बनाउनुपर्नेछ । मानवीय सुरक्षालाई ध्यानमा राख्दै नयाँ प्रयोगशाला पनि बनाउनुका साथै नयाँ प्रविधिको विकास पनि गर्नुपर्नेछ ।
इसरोले आफूले हाल शुक्रयान तथा मंगलयान मिसनमा पनि काम गरिरहेको जानकारी मोदीलाई दिएको छ । अहिले मंगल ग्रहमा ल्याण्डर अवतरण गराउने तयारीमा इसरो रहेको छ ।

स्रोत : एएनआई

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ९ : ४५ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन