सोह्र हजार बढी पशुचौपायालाई लम्पीस्किनविरुद्ध खोप लगाइयो « Khabarhub

सोह्र हजार बढी पशुचौपायालाई लम्पीस्किनविरुद्ध खोप लगाइयो


२ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासीमा १६ हजारभन्दा बढी पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । जिल्लामा हालसम्म १६ हजार बढी गाईभैँसीमा लम्पीस्किन रोगविरुद्धको खोप लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख डा ऋषभ गुरागाईँले बताए।

“गाईभैँसीमा लम्पीस्किन रोग सङ्क्रमणदर बढ्दै जान थालेपछि यसको रोकथामका लागि जिल्लामा १६ हजार सात सय ६३ पशुचौपायामा खोप लगाइएको हो”, उनले भने, “भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरद्वारा छ हजार खोप, जिल्लाका विभिन्न स्थानीय तहबाट १० हजार एक सय ६८, किसान स्वयंले पाँच सय ९५ गरी जम्मा जिल्लामा १६ हजार सात सय ६३ पशुचौपायामा खोप दिइएको हो ।”

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाँच लाख बराबर र स्थानीय तहहरूले सोही मात्रामा औषधि खरिद गरी किसानलाई वितरण गरिएको उनले बताए। भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका आठवटै स्थानीय तहमा लम्पीस्किन रोगविरुद्धको खोप वितरण गरेको छ । सङ्क्रमण थप फैलन नदिन भन्दै जिल्लाका देवचुली, गैँडाकोट र कावासोती नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका आफैँले समेत खोप खरिद गरेर गाईभैँसीलाई लगाएका छन् ।

जिल्लामा लम्पीस्किन रोगबाट पाँच सय २१ पशुचौपाया मरेका छन् भने छ हजार नौ सय ५२ गाईभैँसी यस रोगबाट सङ्क्रमित भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरको तथ्याङ्क देखिएको छ । यस रोगको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि कार्यालयले जिल्लामा हुने गाईभैँसीको आयात–निर्यातलाई नियमन तथा दर्तावाल पशु चिकित्सकले स्वास्थ्य परीक्षण प्रमाणीकरण गरेका पशुको मात्र आयात निर्यातको अनुमति कार्यालयले दिने गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १० : १२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर