सोह्र हजार बढी पशुचौपायालाई लम्पीस्किनविरुद्ध खोप लगाइयो « Khabarhub

सोह्र हजार बढी पशुचौपायालाई लम्पीस्किनविरुद्ध खोप लगाइयो


२ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासीमा १६ हजारभन्दा बढी पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । जिल्लामा हालसम्म १६ हजार बढी गाईभैँसीमा लम्पीस्किन रोगविरुद्धको खोप लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख डा ऋषभ गुरागाईँले बताए।

“गाईभैँसीमा लम्पीस्किन रोग सङ्क्रमणदर बढ्दै जान थालेपछि यसको रोकथामका लागि जिल्लामा १६ हजार सात सय ६३ पशुचौपायामा खोप लगाइएको हो”, उनले भने, “भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरद्वारा छ हजार खोप, जिल्लाका विभिन्न स्थानीय तहबाट १० हजार एक सय ६८, किसान स्वयंले पाँच सय ९५ गरी जम्मा जिल्लामा १६ हजार सात सय ६३ पशुचौपायामा खोप दिइएको हो ।”

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाँच लाख बराबर र स्थानीय तहहरूले सोही मात्रामा औषधि खरिद गरी किसानलाई वितरण गरिएको उनले बताए। भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका आठवटै स्थानीय तहमा लम्पीस्किन रोगविरुद्धको खोप वितरण गरेको छ । सङ्क्रमण थप फैलन नदिन भन्दै जिल्लाका देवचुली, गैँडाकोट र कावासोती नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका आफैँले समेत खोप खरिद गरेर गाईभैँसीलाई लगाएका छन् ।

जिल्लामा लम्पीस्किन रोगबाट पाँच सय २१ पशुचौपाया मरेका छन् भने छ हजार नौ सय ५२ गाईभैँसी यस रोगबाट सङ्क्रमित भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरको तथ्याङ्क देखिएको छ । यस रोगको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि कार्यालयले जिल्लामा हुने गाईभैँसीको आयात–निर्यातलाई नियमन तथा दर्तावाल पशु चिकित्सकले स्वास्थ्य परीक्षण प्रमाणीकरण गरेका पशुको मात्र आयात निर्यातको अनुमति कार्यालयले दिने गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १० : १२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया