रातिको समयमा घर किन बढार्नु हुँदैन ?  « Khabarhub

रातिको समयमा घर किन बढार्नु हुँदैन ? 


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

हाम्रो समाजमा कुचोलाई लत्याउनु हुँदैन, केही गरी खुट्टाले कुचो छोइयो भने भगवान् विष्णुको नाम स्मरण गर्नुपर्छ भन्ने मान्यता छ । यस्तै कुचोमा लक्ष्मीको वास हुन्छ भन्ने विश्वास छ  ।

यसैगरी घर आँगन सरसफाइमा प्रयोग हुने कुचोलाई ठड्याएर राख्नु हुँदैन । कुचो ठड्याएर वा माथितिर टुप्पो पर्ने गरी राख्नु हुन्न भन्ने पुरानो मान्यता छ ।

कुचोलाई ठड्याएर वा माथितिर टुप्पो फर्काएर राख्दा आर्थिक नोक्सानी हुने, लक्ष्मीले घर छोडेर जाने र घरमा दरिद्रताले प्रवेश गर्छ भन्ने शास्त्रीय मत छ । 

त्यसैगरी साँझ परेपछि वा रात्रिकालमा घर बढार्न निषेध गरिएको छ । रातिको समयमा घर बढारेमा घरबाहिर गएको परिवारको सदस्यले यात्राका क्रममा अनावश्यक दुःख पाउने र शारीरिक रूपमा जोखिम ब्यहोर्ने सम्भावना हुने परम्परागत जनविश्वास छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ६ : ४२ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम