रगत सम्बन्धी रोगलाई सामान्य मान्नु हुँदैन | Khabarhub Khabarhub

रगत सम्बन्धी रोगलाई सामान्य मान्नु हुँदैन

रगतको क्यान्सरले पनि हुनसक्छ एनिमिया


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय रगत सम्बन्धी समस्याका बिरामी बढेको चिकित्सकले बताएका छन्। अरू रोग जस्तै रगत सम्बन्धी रोगका बिरामी पनि बढेका हुन्। एनिमिया झट्ट सुन्दा सबैलाई थाहा नहुन सक्छ। यो रक्त विकारसँग सम्बन्धी यो रोग हो। एनिमिया रगतको रातो रक्तकोशमा हुने एक जैविक वंशाणुगत रोग हो। यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोशको संख्या घटाउँदै लैजान्छ। एनिमिया र यसको उपचारको विषयमा आधारित रहेर खबरहबका लागि हेमाटोलोजिष्ट डा. निरजकुमार सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :

एनिमियालाई हामीले कसरी बुझ्ने ?
एनिमियालाई रोग भनिँदैन, यो रोगको लक्षण मात्र हो। हेमोग्लोबिनको मात्रा र रेड सेलको मात्रा कम भयो भने एनिमिया भनिन्छ। अर्थात् सामान्य भाषामा शरीरमा रगतको मात्र कम हुनुलाई अंग्रेजीमा एनिमिया भनिन्छ। यसलाई रक्तअल्पता पनि भनिन्छ। अरु रोग भएर शरीरमा रगतको मात्रा कम हुँदै जाने हुन्छ। शरीरमा आइरन, भिटामिन बी १२ लगायतका तत्त्वको कमीले एनिमिया हुन्छ।

एनिमिया के कारणले हुन्छ ?
एनिमियाको प्रमुख कारण भनेको जुका हो। शरीरमा जुका आउन दिनु हुँदैन। त्यसको लागि हरियो साग, सब्जी धेरै खानुपर्छ। जुकाको औषधिसमेत समयसमयमा खाने गर्नुपर्छ। शरीरमा हुने सम्पूर्ण रगतको रोगमध्ये ६० प्रतिशत रोग एनिमियाको लक्षण लिएर आउँछन्। जसमा जन्मजात कारण पहिलो नम्बरमा पर्छ।
शरीरमा विभिन्न तत्त्वहरूको कारणले हुने आइरन, भिटामिन बी १२, माइक्रो न्युटेन्सको कमीलेसमेत समस्या हुन्छ। अर्को, भनेको शरीरमा रगत बन्ने र खेर जाने समस्या हुन्छ।

यो समस्या महिला र पुरुषमा कसलाई बढी हुने हो ?
एनिमिया विशेष गरी महिलामा बढी देखिन्छ। महिलामा रगत बग्ने समस्या बढी भएमा यो जोखिम हुन्छ। कसैकसैलाई महिनावारीमा धेरै रगत बग्यो भने एनिमिया भइहरेको हुन्छ।

एनिमिया कुन उमेर समूहमा धेरै देखिएको छ ?
एनिमिया जुनसुकै उमेर समूहमा पनि हुन्छन्। वंशाणुगत रूपबाट आएको हो भने यो बच्चा बेलामा नै हुन्छ। जन्मजात बच्चामा भयो भने उसको पहिला ३ महिना र ६ महिनामा समस्या बढी हुन्छ। उमेर बढ्दै गएका केटीहरूमा पहिलो महिनावारीमा समस्या हुन्छ।

गर्भवतीको अवस्थामा पनि यसको जोखिम हुन्छ। शरीरमा आइरनको मात्रा कम भएर आएको छ भने आइरनको अभावले एनिमिया हुन्छ।

समयमा उपचार गरिएन भने यसले निम्त्याउने जोखिम कस्तो छ ?
हाम्रो शरीरमा रातो रक्त कोशिकाको कमी भएपछि धेरै समस्या आउँछन्। जसमा चाँडै थकाई लाग्ने, काम गर्दा जोस जाँगर नआउने, मुटुको हट फेलिएर हुने सम्भावना हुन्छ। यसले गर्दा शरीरमा अक्सिजन नपुग्नेसमेत हुन्छ।

अस्पतालमा गएपछि यसको उपचार कसरी गरिन्छ ?
एनिमियाको उपचार भन्दा अगाडि कारण खोजिन्छ। कुनै एनिमिया ब्लड क्यान्सरको कारणले हुन्छ। ब्लड क्यान्सरको उपचार गर्दा त्यो निको हुन्छ। आइरनको कमीले भएको हो भने त्यो कारण पत्ता लगाएर आइरन चक्की दिइन्छ। उपचार भन्दा पहिला समस्या कसरी भयो भनेर जाँच गर्नु आवश्यक हुन्छ।

यस्तो कुनै समस्या हुनै नदिन के कुरामा ध्यान दिने ?
हामी सबैले स्वस्थ खानपान र स्वास्थ्य जीवन यापनले गर्दा यो लाग्नबाट बच्न सकिन्छ। महिलालाई महिनावारीको समयमा बढी रगत बगेमा उनीहरूलाई एनिमिया हुन्छ भन्नेकुरा बुझिहाल्नु पर्दछ। त्यो अनुसारको आइरन युक्त खाना खानुपर्छ। यसैगरी, हरियो सागपात हरियो तरकारीहरूमा आइरन हुन्छ। गेडागुडी, माछा मासु, कलेजो र फोक्सोमा आइरन हुन्छ। अन्डामा पनि आइरन हुन्छ। भिटामिन बी १२ हाम्रो मांसाहारी खानाबाट आउँछन्। शाकाहारी खाना खाने मान्छेमा पनि भिटामिन बी १२ को कमी छ भने दैनिक जाँच गर्नुपर्दछ। प्रत्येक ६ महिनामा एनिमिया जाँच गर्नुपर्छ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : ०७ बजे

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु