युरोकप फुटबल : जिब्राल्टरमाथि फ्रान्सको १४ गोल « Khabarhub

युरोकप फुटबल : जिब्राल्टरमाथि फ्रान्सको १४ गोल


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप २०२४ छनोटमा फ्रान्सले कीर्तिमानी जित निकालेको छ । गएराति भएको समूह ‘बी’ अन्तर्गतको खेलमा जिब्राल्टरलाई १४ गोल अन्तरले हराउँदै फ्रान्सले कीर्तिमान बनाएको हो । यो युरो छनोटकै सर्वाधिक फराकिलो अन्तर हो ।

फ्रान्सको फुटबल इतिहासमा यो सबैभन्दा ठूलो अन्तरको जित हो । फ्रान्सले समूह बी बाट यसअघि नै युरोकपमा स्थान पक्का गरिसकेको छ ।

फ्रान्सका लागि केलिएन एमबाप्पेले ह्याट्रिक गरेका थिए भने ओलिभर जिरुड र किंग्सले कोम्यानले दुईदुई गोल गरे । यस्तै, जोनाथन क्यालस, एड्रिएन राबोट, वारेन एमेरे, मार्कस थुराम, युसुफ फोफाना र ओस्मान डेम्बेले एक–एक गोल थपेका थिए । एक गोल भने आत्मघाती स्वरुप प्राप्त भएको थियो ।

अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान बनाइसकेको फ्रान्स ७ खेलबाट २१ अङ्कसहित शीर्षस्थानमा छ । पराजित भएको जिब्राल्टर भने अंकविहीन छ । 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : ५५ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६