युरोकप फुटबल : जिब्राल्टरमाथि फ्रान्सको १४ गोल « Khabarhub

युरोकप फुटबल : जिब्राल्टरमाथि फ्रान्सको १४ गोल


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप २०२४ छनोटमा फ्रान्सले कीर्तिमानी जित निकालेको छ । गएराति भएको समूह ‘बी’ अन्तर्गतको खेलमा जिब्राल्टरलाई १४ गोल अन्तरले हराउँदै फ्रान्सले कीर्तिमान बनाएको हो । यो युरो छनोटकै सर्वाधिक फराकिलो अन्तर हो ।

फ्रान्सको फुटबल इतिहासमा यो सबैभन्दा ठूलो अन्तरको जित हो । फ्रान्सले समूह बी बाट यसअघि नै युरोकपमा स्थान पक्का गरिसकेको छ ।

फ्रान्सका लागि केलिएन एमबाप्पेले ह्याट्रिक गरेका थिए भने ओलिभर जिरुड र किंग्सले कोम्यानले दुईदुई गोल गरे । यस्तै, जोनाथन क्यालस, एड्रिएन राबोट, वारेन एमेरे, मार्कस थुराम, युसुफ फोफाना र ओस्मान डेम्बेले एक–एक गोल थपेका थिए । एक गोल भने आत्मघाती स्वरुप प्राप्त भएको थियो ।

अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान बनाइसकेको फ्रान्स ७ खेलबाट २१ अङ्कसहित शीर्षस्थानमा छ । पराजित भएको जिब्राल्टर भने अंकविहीन छ । 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : ५५ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन