युरोकप फुटबल : जिब्राल्टरमाथि फ्रान्सको १४ गोल | Khabarhub Khabarhub

युरोकप फुटबल : जिब्राल्टरमाथि फ्रान्सको १४ गोल


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप २०२४ छनोटमा फ्रान्सले कीर्तिमानी जित निकालेको छ । गएराति भएको समूह ‘बी’ अन्तर्गतको खेलमा जिब्राल्टरलाई १४ गोल अन्तरले हराउँदै फ्रान्सले कीर्तिमान बनाएको हो । यो युरो छनोटकै सर्वाधिक फराकिलो अन्तर हो ।

फ्रान्सको फुटबल इतिहासमा यो सबैभन्दा ठूलो अन्तरको जित हो । फ्रान्सले समूह बी बाट यसअघि नै युरोकपमा स्थान पक्का गरिसकेको छ ।

फ्रान्सका लागि केलिएन एमबाप्पेले ह्याट्रिक गरेका थिए भने ओलिभर जिरुडकिंग्सले कोम्यानले दुईदुई गोल गरे । यस्तै, जोनाथन क्यालस, एड्रिएन राबोट, वारेन एमेरे, मार्कस थुराम, युसुफ फोफानाओस्मान डेम्बेले एक–एक गोल थपेका थिए । एक गोल भने आत्मघाती स्वरुप प्राप्त भएको थियो ।

अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान बनाइसकेको फ्रान्स ७ खेलबाट २१ अङ्कसहित शीर्षस्थानमा छ । पराजित भएको जिब्राल्टर भने अंकविहीन छ । 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : ५५ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले