नेपालद्वारा जापानसामु ११६ रनको लक्ष्य | Khabarhub Khabarhub

नेपालद्वारा जापानसामु ११६ रनको लक्ष्य


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार देश सम्मिलित महिला टी–२० सिरिज अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा नेपालले जापानविरुद्ध ११६ रनको लक्ष्य दिएको छ ।

हङकङमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको छ ।

नेपालकी पूजा महतोले सर्वाधिक ४३ रन जोडिन् । यस्तै, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा इन्दु बर्माले १२ रन बनाए ।

जापानकी अहिल्या चन्डेल, एरिकाअयुमी फुजिकावाले एक–एक विकेट लिए ।

समूह चरणको अन्तिम खेलमा शनिबार जापानमाथि ६७ रनको जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ ।

शनिबार नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ४६ रनमै अलआउट भएको थियो ।

चार देशीय सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो भने बिहीबार भएको दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो।

महिला टी–२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्। तान्जानिया र हङकङले उपाधिका लागि आजै पौने १२ बजे प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : ४६ बजे

पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने

पोखरा– कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ५ देखि

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि जित हासिल

एनएसएल फुटबल : आज चितवन र बुटवल भिड्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र

अमेरिकी नागरिकको अनुभव : गाउँमा झाँक्रीसँग भेट भयो

काठमाडौं – आजभन्दा ४० वर्षअघि अमेरिकाबाट नेपाल आउँदा लिट टेजवेल

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा

बागलुङ– डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका