टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन प्राधिकरणको आग्रह « Khabarhub

टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन प्राधिकरणको आग्रह


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरण अनुगमन महाशाखाले टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउन अनुरोध गरेको छ ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी नेपाल सरकारको निर्णयअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरुलाई टिकटक बन्दका लागि यसअघि नै निर्देशन दिइसकेको स्मरण गराएको छ ।

टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले सो निर्देशन कार्यान्वयन नगरेको भए त्यस्तो कम्पनीको बारेमा जानकारी गराउन प्राधिकरणले अनुरोध गरेको हो ।

सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठककाे निर्णयअनुसार सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परको भन्दै तत्काल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ९ : ३० बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ