दोधारा चाँदनी मुलुककै ठूलो आर्थिक नाका बन्ने : मन्त्री साउद « Khabarhub

दोधारा चाँदनी मुलुककै ठूलो आर्थिक नाका बन्ने : मन्त्री साउद


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चाँदनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुकको आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको बताएका छन् । 

कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताए । 

‘भारतीय पक्षले पनि सोही अनुसार भारततर्फ पनि काम अघि बढाएको छ ।’ मन्त्री साउदले भने, ‘कञ्चनपुर आर्थिक, पर्यटकीयलगायत धेरै ज्यादा सम्भावना बोकेको क्षेत्र हो ।’

दोधारा चाँदनी नाका तीव्र गतिमा खुल्ने सन्दर्भमा अघि बढेको जनाउँदै उनले वनबासा पुलमा आवागमन सहज बनाउनेदेखि विदेशी पर्यटकलाई नाकामा आउनजान सहज गर्ने विषयमा पहल गर्ने बताए । 

‘यो मानसखण्ड क्षेत्रको विकासमा योजना बनाएर नेपाल–भारत पर्यटकीय संयन्त्रको विकास गर्ने गरी काम अघि बढेको छ ।’ उनले भने, ‘भारतको पूर्णागिरी र डडेल्धुराको परशुरामधाम क्षेत्र जोड्न महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय पक्षसित निरन्तर समन्वय भइरहेको छ ।’

कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पूर्व पदाधिकारी, व्यापारी तथा व्यवसायीले सीमा समस्या, पर्यटकीय तथा औद्योगिक क्षेत्रको विकास, व्यापारी तथा व्यवसायीका पिरमर्का लगायतका विषयमा धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १२ : ५९ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश