देश र जनताको हितमा निरन्तर अभियानमा छौँ : प्रधानमन्त्री | Khabarhub Khabarhub

देश र जनताको हितमा निरन्तर अभियानमा छौँ : प्रधानमन्त्री


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

रुकुम- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताएका छन् । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएको बताए ।

प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताए । प्रधानमन्त्री दाहालले नियमित रुपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको उल्लेख गरे ।

भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देशविरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएको समेत प्रधानमन्त्रीको भनाइ छ । तराई–मधेसमा लामो समयसम्म सामन्तवादको अवशेषका रुपमा रहेको मिटरब्याजी विरुद्धमा कानुन बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाएको उनले उल्लेख गरे ।

वर्तमान सरकारले विकास निर्माणको कामलाई पनि सार्थक रुपमा अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले लामो समयदेखि चर्चामा सीमित भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामसमेत अगाडि बढेको बताए । नेपाल र भारतबीचमा रहेको सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीसँग कुराकानी भएको समेत प्रधानमन्त्री दाहालले जानकारी दिए । विद्युत् व्यापारमा नयाँ पहल भएको तथा नेपाल र चीनबीच विभिन्न नाका खोल्ने सहमति भएको उनको भनाइ छ ।

चीनले हिमाली नाकासँगसम्बन्धी रहेर थुप्रै परियोजना सञ्चालनका लागि सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सोही परियोजना अन्तर्गतको एउटा आयोजना रुकुम पूर्वमा पनि ल्याइने स्पष्ट पारे । सो परियोजनाले यस जिल्लाका नागरिकको जीवनस्तरमा सुधार आउने उनको भनाइ छ ।

पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको तथ्य पेस गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका उनले माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकाले एकताको विकल्प नभएको बताए ।

विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए । नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहान मात्रै छलफल भएको जानकारी दिँदै उनले डा बाबुराम भट्टराईसँग पनि निरन्तर संवाद भइरहेको उल्लेख गरे । माओवादीकै पहलमा सुरु भएको सहिदमार्ग निर्माणका लागि आफूले थप पहल गर्ने प्रधानमन्त्रीको भनाइ छ । यस जिल्लामा रहेको प्राकृतिक स्रोतको अधिकतम उपयोग गरेर समृद्ध बनाउनका लागि आफ्नो ध्यान गएको उनले उल्लेख गरे ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  २ : ४० बजे

बाल संरक्षण मापदण्डको मस्यौदामाथि छलफल

काठमाडौं- राष्ट्रिय बालअधिकार परिषद्ले बाल संरक्षण मापदण्ड २०८० को मस्यौदा

‘रङ्गेलीमा’ भगवान् दादा बने अर्पण थापा

काठमाडौं- फिल्म ‘रङ्गेली’ को नयाँ क्यारेक्टर पोस्टरमा अभिनेता अर्पण थापाको

मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र

फुङ्लिङ- कोशी नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त

चीनले विदेशी कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्ने चिनियाँ राष्ट्रपति सीको भनाइ

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक

महोत्सवमार्फत् दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउँदै कलाकार

भरतपुर- नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ । दिनहुँ कलाकारले