अष्ट्रेलियाका बलर हाबी हुँदा पावरप्लेमै भारतलाई झट्का « Khabarhub

अष्ट्रेलियाका बलर हाबी हुँदा पावरप्लेमै भारतलाई झट्का


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतलाई पावरप्ले मै झट्का लागेको छ । अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले सुरुवाती १० ओभरमा दुई विकेट गुमाएको थियाे ।

ओपनर ब्याटर दुबै गुमाएको भारतले १० ओभरमा २ विकेट गुमाएर ८० रन बनायो । उसका लागि कप्तान तथा ओपनर ब्याटर रोहित शर्मा ४७ रन बनाएर आउट भए । ३१ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

भारतलाई आक्रामक सुरुवात दिलाएका उनी ग्लेन म्याक्सवेलको बलमा छक्का हान्न खोज्दा ट्रेभिस हेडको हातबाट क्याचआउट भए । सुरुमै आउट भएका अर्का ओपनर शुभमान गिल ४ रनमै आउट भए भने चौथो नम्बरमा आएका भरपर्दा भनिएका श्रेयस अय्यर पनि ४ रनमै आउट भए ।

यो समाचार तयार पार्दासम्म भारतले १५ ओभरमा ३ विकेट गुमाएर ९७ रन बनाएको छ । क्रिजमा कीर्तिमानी ब्याटर विराट कोहली र यसअघि अष्ट्रेलियासँगको खेलमा ९७ रन बनाएका केएल राहुल छन् ।

अष्ट्रेलियाका लागि प्याट कुमिन्स, मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिएका छन् । भारत न्युजिल्याण्डलाई हराउँदै फाइनल पुगेको हो भने दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ३ : १८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया