कञ्चनजङ्घा क्षेत्रमा दसैँ तिहारको समयमा पर्यटक बढे « Khabarhub

कञ्चनजङ्घा क्षेत्रमा दसैँ तिहारको समयमा पर्यटक बढे


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ- विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा दसैँ तिहारको समय वाह्य पर्यटकको सङ्ख्या बढेको छ ।

कोरोना सङ्क्रमणका कारण करिब चार वर्ष सुनसानजस्तै बनेको कञ्चनजङ्घा क्षेत्रमा यस वर्षको दसैँ तिहारको समयमा भने पर्यटकको सङ्ख्या बढेको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोष्टका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार दसैँ र तिहारको समयमा सय जना विदेशी पर्यटक आएका छन् ।

यस क्षेत्रमा असोज महिनादेखि पर्यटकको आगमन सुरु हुने गरेको उनले बताए । असोज, कात्तिक र मङ्सिर २ गते सम्ममा छ सय ५० बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्र अवलोकन गर्न आएको घुन्सा पर्यटन चेकपोष्ट कार्यालयले जनाएको छ । विगतको तुलनामा यसवर्ष आन्तरिक पर्यटक वृद्धि भएको छ ।

गतवर्ष असोज, कात्तिक र मङ्सिर महिनाम चार सय ५० बाह्य पर्यटकले यस क्षेत्रको अवलोकन गरेका थिए ।

आन्तरिक पर्यटकको भने अहिलेसम्म कुनै निकायले तथ्याङ्क राख्ने गरेको छैन । पर्यटकको आगमनले कञ्चनजङ्घा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएको घुन्साका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए ।

स्थानीय समुदाय पर्यटन व्यवसायमा निर्भर हुँदै आएका छन् । वर्षको दुई याममा यस क्षेत्रमा पर्यटक आउने गर्दछन् । अहिले चिसो मौसम सुरु भएसँगै पर्यटकको आवागमनमा कमी हुँदै गएको पर्यटन सहायक शेर्पाले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ३ : ३८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४