विश्वकप क्रिकेट फाइनल : १५ ओभरमा भारतको १ सय रन पूरा | Khabarhub Khabarhub

विश्वकप क्रिकेट फाइनल : १५ ओभरमा भारतको १ सय रन पूरा


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खराब सुरुवात गरेको भारतले एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा १५ ओभरमा १०० रन कटाएको छ । भारतले १५ ओभर ४ बलमा ३ विकेट गुमाएर १०० रन कटाएको हो ।

भारतका लागि विराट कोहली र केएल राहुल क्रिजमा छन् । यसअघि आक्रामक सुरुवात दिलाएका ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भएपछि भारतको पाली सुस्त भएको छ ।

कोहली ३५ र राहुल १२ रन बनाएर खेलिरहेका छन् । यसअघि आउट भएका शुभमान गिल र श्रेयास आयरले समान ४/४ रन मात्रै बनाउन सके । अष्ट्रेलियाका प्याट कुमिन्स, मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले एक एक विकेट लिएका छन् ।

पावरप्लेमा तीन विकेट गुमेपछि भारत केही दबाबमा खेलिरहेको छ । अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरिरहेको भारत जारी प्रतियोगितामा अपराजित छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ३ : ५० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका