हिन्दू राष्ट्रको माग गर्दै कोशी प्रदेशसभा सदस्य पराजुलीले गरे दण्डप्रणाम यात्रा | Khabarhub Khabarhub

हिन्दू राष्ट्रको माग गर्दै कोशी प्रदेशसभा सदस्य पराजुलीले गरे दण्डप्रणाम यात्रा


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले हिन्दू राष्ट्र प्राप्तिका लागि भन्दै छठ पूजाको अवसरमा दण्डप्रणाम यात्रा गरेका छन् ।

पराजुलीले धर्म सहितको सनातन हिन्दू राष्ट्रको माग राख्दै सिंघिया घाटसम्म दण्डप्रणाम यात्रा गरेका हुन् । घरदेखि घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा प्रणाम यात्रा भनिन्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले हिन्दू राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने भन्दै १९ औं पटक दण्डप्रणाम यात्रा गरेको बताए । उनले मुलुकको शान्ति विकास र समृद्धिका लागि कामना गरेर दण्डप्रणाम यात्रा गरेको समेत बताए ।

विराटनगर महानगरपालिका–३ ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्डप्रणाम गर्दै यात्रा गर्ने गरेको उनले बताए । दण्डप्रणाम यात्राका लागि शनिबारदेखि व्रत बसेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ४ : ०० बजे

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका– बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव 

गोरखा– प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा

‘वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिन जरुरी’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन संरक्षणका साथै

म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

एजेनसी– इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार