नेकपा माओवादी केन्द्र र नेसपाबीच एकता प्रक्रियालाई गति दिने निर्णय « Khabarhub

नेकपा माओवादी केन्द्र र नेसपाबीच एकता प्रक्रियालाई गति दिने निर्णय


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रियालाई थप गति दिइने भएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको दुई दलको वार्ता टोलीको संयुक्त बैठकले एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेका हुन् । बैठकको सुरुमा एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ गरिएको संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकमा पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने भएको छ । समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिका आधारमा अगाडि बढ्ने सहमति गरेका छन् ।

त्यस्तै, पार्टीको विधान, नाम, सङ्गठनात्मक संरचना, चुनाव चिन्हलगायतका विषयमा एकता समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको छ ।

बैठकपछि माओवादी केन्द्रका तर्फबाट वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टीका संयोजक गङ्गानारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेका छन् । बैठकमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेपाल समाजवादी पार्टीका नेताहरु दुर्गा सोवलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ४ : ४० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको