काठमाडौँमा अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवको आयोजना हुने | Khabarhub Khabarhub

काठमाडौँमा अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवको आयोजना हुने


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला निर्देशकहरुलाइ प्रोत्साहन गर्ने उद्देश्यले आगामी शनिबार अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवको आयोजना हुने भएको छ । रेडियो तथा टेलिभिजनमा संलग्न महिलाहरुको अन्तर्राष्ट्रिय संगठनले काठमाडौँमा महिला चलचित्र महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सव आगामी शनिबारदेखि नेपाल चलचित्र विकास बोर्डको हल चाबहिलमा आयोजना हुने संगठनले जानकारी दिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकहरूको सहभागिता रहने जनाइएको छ ।

महोत्सवमा नेपाललगायत विभिन्न देशका महिला निर्देशकहरुले निर्देशन गरेका सिनेमाहरू प्रदर्शन गरिनेछ ।

महोत्सवमा सर्ट मुभी कम्पिटिसनका विजेताहरुलाई पुरस्कार पनि प्रदान गरिनेछ । सन् १९५७ मा आठ फरक राष्ट्रका प्रतिनिधिहरुको उपस्थितिमा स्थापित यस संगठनमा नेपालले भने सन् २००७ मा सदस्यता लिएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : १४ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि