सोलोमन आइल्याण्डमा बढ्दै चिनियाँ प्रभाव « Khabarhub

सोलोमन आइल्याण्डमा बढ्दै चिनियाँ प्रभाव


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

होनियारा- प्रशान्त महासागरमा अवस्थित टापु राष्ट्र सोलोमन आइल्याण्डमा चीनको प्रभाव बढ्दै गएको पाइएको छ । आफ्नो मुलुकमा चिनियाँ प्रभाव बढिरहेको भन्दै सोलोमन आइल्याण्डको संसादको परराष्ट्र सम्बन्ध समितिका अध्यक्ष पिटर केनिलोरेआ जुनियरले चिन्ता व्यक्त गरेका हुन् ।

सन् २०१९ मा मनासा सोगाभारेको नयाँ सरकार बनेयता चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो मुलुकमा प्रभाव विस्तार गरिरहेको उनको भनाइ छ ।द इपोक टाइम्सलाई दिएको अन्तरवार्तामा उनले पछिल्लो समय आफ्नो मुलुकमा चीन पक्षधर र चीनविरोधी दुई स्पष्ट राजनीतिक खेमा देखा परेको भन्दै यसबाट मुलुक विभाजनको जोखिममा रहेको बताए ।

सन् २०१९ मा सोगाभारेको सरकारले ताइवानलाई यसअघि दिँदै आएको सार्वभौम मुलुकको मान्यता अन्त्य गर्दै चीनसँग निकट सम्बन्ध स्थापना गरेको थियो ।

हालै अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा चिनियाँ कम्युनिष्ट पार्टीको गतिविधि हेर्ने सेलेक्ट कमिटिका अध्यक्ष माइक गल्लाहरसँगको भेटवार्तामा पनि उनले आफ्नो मुलुकमा चिनियाँ प्रभाव बढिरहेको भन्दै भविष्यमा अमेरिकासँग थप निकट सम्बन्ध कायम हुने विश्वास व्यक्त गरेका थिए ।

त्यसो त सन् २०२२ मा सोगाभारेको सरकारले चीनसँग विस्तृत रणनीतिक साझेदारीमा हस्ताक्षर गर्दै राज्यसञ्चालित चिनियाँ बैंकबाट ६ करोड ६० लाख डलर बराबरको ऋण प्राप्त गरेको थियो ।

चिनियाँ प्रविधि कम्पनी हुवावेमार्फत् मुलुकभर १६१ दूरसञ्चार टावर निर्माण गर्नका लागि सोलोमन आइल्याण्ड सरकारले उक्त ऋण लिएको हो ।

हुवावेले निर्माण गर्ने उपकरण एवम् पूर्वाधारले सुरक्षा जोखिम बढाउने भन्दै विभिन्न मुलुकमा प्रश्न उठ्ने गरेको छ । यसबाट आइल्याण्डको सूचना प्रविधिको क्षेत्रमा पनि चिनियाँ प्रभाव बढेर जाने विश्लेषकहरुको चिन्ता छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ४ : २४ बजे

लेन्देको बाढीले अझै अस्तव्यस्त रसुवा भन्सार यार्ड (तस्बिरहरू) 

एजेन्सी– चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढीस्थित रसुवा भन्सार कार्यालयको

मास्टर्नी गीतले प्रियंका र दुर्गेशको आलोचना, शिक्षक महासङ्घको कडा आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति

मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुँने

काठमाडौं– आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा