सोलोमन आइल्याण्डमा बढ्दै चिनियाँ प्रभाव | Khabarhub Khabarhub

सोलोमन आइल्याण्डमा बढ्दै चिनियाँ प्रभाव


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

होनियारा- प्रशान्त महासागरमा अवस्थित टापु राष्ट्र सोलोमन आइल्याण्डमा चीनको प्रभाव बढ्दै गएको पाइएको छ । आफ्नो मुलुकमा चिनियाँ प्रभाव बढिरहेको भन्दै सोलोमन आइल्याण्डको संसादको परराष्ट्र सम्बन्ध समितिका अध्यक्ष पिटर केनिलोरेआ जुनियरले चिन्ता व्यक्त गरेका हुन् ।

सन् २०१९ मा मनासा सोगाभारेको नयाँ सरकार बनेयता चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो मुलुकमा प्रभाव विस्तार गरिरहेको उनको भनाइ छ ।द इपोक टाइम्सलाई दिएको अन्तरवार्तामा उनले पछिल्लो समय आफ्नो मुलुकमा चीन पक्षधर र चीनविरोधी दुई स्पष्ट राजनीतिक खेमा देखा परेको भन्दै यसबाट मुलुक विभाजनको जोखिममा रहेको बताए ।

सन् २०१९ मा सोगाभारेको सरकारले ताइवानलाई यसअघि दिँदै आएको सार्वभौम मुलुकको मान्यता अन्त्य गर्दै चीनसँग निकट सम्बन्ध स्थापना गरेको थियो ।

हालै अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा चिनियाँ कम्युनिष्ट पार्टीको गतिविधि हेर्ने सेलेक्ट कमिटिका अध्यक्ष माइक गल्लाहरसँगको भेटवार्तामा पनि उनले आफ्नो मुलुकमा चिनियाँ प्रभाव बढिरहेको भन्दै भविष्यमा अमेरिकासँग थप निकट सम्बन्ध कायम हुने विश्वास व्यक्त गरेका थिए ।

त्यसो त सन् २०२२ मा सोगाभारेको सरकारले चीनसँग विस्तृत रणनीतिक साझेदारीमा हस्ताक्षर गर्दै राज्यसञ्चालित चिनियाँ बैंकबाट ६ करोड ६० लाख डलर बराबरको ऋण प्राप्त गरेको थियो ।

चिनियाँ प्रविधि कम्पनी हुवावेमार्फत् मुलुकभर १६१ दूरसञ्चार टावर निर्माण गर्नका लागि सोलोमन आइल्याण्ड सरकारले उक्त ऋण लिएको हो ।

हुवावेले निर्माण गर्ने उपकरण एवम् पूर्वाधारले सुरक्षा जोखिम बढाउने भन्दै विभिन्न मुलुकमा प्रश्न उठ्ने गरेको छ । यसबाट आइल्याण्डको सूचना प्रविधिको क्षेत्रमा पनि चिनियाँ प्रभाव बढेर जाने विश्लेषकहरुको चिन्ता छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ४ : २४ बजे

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने