आज २०८० साल पुस ३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल पुस ३ गते मंगलबारको राशिफल


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस ३ गते मंगलबार । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेषः दिन राम्रो छ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा मिल्नेछ । पारिवारिक र प्रेम सम्बन्ध राम्रो बन्नेछ ।

वृषः दिन राम्रो छ । आज गरेका काममा अबरोध छैन । शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ । पुराना मित्रसँग काम गर्नु परेमा सचेत हुनु राम्रो हुन्छ । प्रेममा गढबढ हुने भएकाले प्रेमी र प्रेमिकासँग बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ ।

मिथुनः दिन सामान्य छ । सामाजिक क्षेत्रबाट सम्मान र अभिनन्दनको अवसर मिल्नेछ । पारिवारिक सम्बन्धमा समस्या हुनसक्ने भएकाले व्यवहार गर्दा सचेत हुनुहोला ।

कर्कटः आफ्नै बोलीले आफै फस्ने सम्भावना हुन्छ । बन्धुहरुबाट भने सहयोग मिल्नेछ । शनि प्रतिकुल नभएकाले दाम्पत्य जीवनमा खटपटी देखिने योग छ ।

सिंहः दिन राम्रो छ । आर्थिक, सामाजिक र शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ । प्रेम र पारिवारिक सम्बन्ध राम्रो नहुन सक्छ ।

कन्याः दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । माया मारेको सम्पत्ति प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा राम्रो नतिजा मिल्नेछ । प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुखमय हुनेछ ।

तुलाः दिन राम्रो छ । मनमा उत्साह भएकाले सिर्जनात्मक क्षमता बढ्नेछ । व्यापारमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ ।

वृश्चिकः आजको दिन सामान्य छ । शिक्षामा प्रगति हुनेछ । पारिवारिक सम्बन्धमा मनमुटाव हुनसक्छ । प्रेम सम्बन्धमा सोचत हुनुपर्ने देखिन्छ । आफन्तबाट असहयोग हुने देखिन्छ । वैदेशिक क्षेत्रमा फाइदा हुनेछ ।

धनुः दिन राम्रो छ । ताकेको काम बन्नेछ । शिक्षा, श्रम र लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ । पारिवारिक कलहले दाम्पत्य सम्बन्धमा मनमुटाव हुनसक्छ ।

मकरः दिन सामान्य छ । तपाईंका सम्भावना जताततै भए पनि खुट्टा तान्नेको कमी छैन । शिक्षा, व्यापार व्यवसायमा राम्रो भए पनि पारिवारिक झमेला सहनुपर्ने हुनसक्छ ।

कुम्भः दिन उत्साहजनक छैन । शनि अनुकुल भएमा आँटेका काम सफल हुनेछन् । यात्रा कठिन हुनेछ । सकेसम्म आजको दिन यात्रा नगर्नु राम्रो हुन्छ ।

मीनः दिन धेरै राम्रो छ । आर्थिक, वैदेशिक र पारिवारिक क्षेत्रमा गरेको लगानी उठ्ने देखिन्छ । आजको दिनमा तपाईंले परिवारको साथ र सहयोग पाउने योग छ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : ३४ बजे

विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग

एजेन्सी– संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय (ओचा) ले सन्

सुदूरपश्चिमविरुद्धको खेलमा विराटनगरका हिजलेट गोल्डेन डक आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार

रोयल इन्फिल्डको नयाँ मोडल ‘हन्टर ३५०’ नेपालमा

काठमाडौं– मीड साइज मोटरसाइकल समूह (२५०–७५० सीसी) मा रोयल इन्फिल्डले स्ट्रिट

नेपालगन्जको नगरबस प्रयोगविहीन

नेपालगन्ज– पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले

सञ्चारमन्त्री खरेलद्वारा एनपीएल अवलोकन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल प्रिमियर