आज २०८० साल पुस ३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल पुस ३ गते मंगलबारको राशिफल


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस ३ गते मंगलबार । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेषः दिन राम्रो छ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा मिल्नेछ । पारिवारिक र प्रेम सम्बन्ध राम्रो बन्नेछ ।

वृषः दिन राम्रो छ । आज गरेका काममा अबरोध छैन । शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ । पुराना मित्रसँग काम गर्नु परेमा सचेत हुनु राम्रो हुन्छ । प्रेममा गढबढ हुने भएकाले प्रेमी र प्रेमिकासँग बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ ।

मिथुनः दिन सामान्य छ । सामाजिक क्षेत्रबाट सम्मान र अभिनन्दनको अवसर मिल्नेछ । पारिवारिक सम्बन्धमा समस्या हुनसक्ने भएकाले व्यवहार गर्दा सचेत हुनुहोला ।

कर्कटः आफ्नै बोलीले आफै फस्ने सम्भावना हुन्छ । बन्धुहरुबाट भने सहयोग मिल्नेछ । शनि प्रतिकुल नभएकाले दाम्पत्य जीवनमा खटपटी देखिने योग छ ।

सिंहः दिन राम्रो छ । आर्थिक, सामाजिक र शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ । प्रेम र पारिवारिक सम्बन्ध राम्रो नहुन सक्छ ।

कन्याः दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । माया मारेको सम्पत्ति प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा राम्रो नतिजा मिल्नेछ । प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुखमय हुनेछ ।

तुलाः दिन राम्रो छ । मनमा उत्साह भएकाले सिर्जनात्मक क्षमता बढ्नेछ । व्यापारमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ ।

वृश्चिकः आजको दिन सामान्य छ । शिक्षामा प्रगति हुनेछ । पारिवारिक सम्बन्धमा मनमुटाव हुनसक्छ । प्रेम सम्बन्धमा सोचत हुनुपर्ने देखिन्छ । आफन्तबाट असहयोग हुने देखिन्छ । वैदेशिक क्षेत्रमा फाइदा हुनेछ ।

धनुः दिन राम्रो छ । ताकेको काम बन्नेछ । शिक्षा, श्रम र लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ । पारिवारिक कलहले दाम्पत्य सम्बन्धमा मनमुटाव हुनसक्छ ।

मकरः दिन सामान्य छ । तपाईंका सम्भावना जताततै भए पनि खुट्टा तान्नेको कमी छैन । शिक्षा, व्यापार व्यवसायमा राम्रो भए पनि पारिवारिक झमेला सहनुपर्ने हुनसक्छ ।

कुम्भः दिन उत्साहजनक छैन । शनि अनुकुल भएमा आँटेका काम सफल हुनेछन् । यात्रा कठिन हुनेछ । सकेसम्म आजको दिन यात्रा नगर्नु राम्रो हुन्छ ।

मीनः दिन धेरै राम्रो छ । आर्थिक, वैदेशिक र पारिवारिक क्षेत्रमा गरेको लगानी उठ्ने देखिन्छ । आजको दिनमा तपाईंले परिवारको साथ र सहयोग पाउने योग छ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : ३४ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक