माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै « Khabarhub

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा दिउँसाे ३ बजे बस्नेछ । 

बैठकमा रूपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ । यस्तै, सरकारको एक वर्षे कार्यकालको समीक्षा, अभियानको समीक्षा, पछिल्लो राजनीति अवस्था, विधान सम्मेलन, एकता समायोजन समिति लगायत विषयमा छलफल हुने सचिव गणेश साहले जानकारी दिए ।

बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता प्रक्रिया अगाडि बढाउन एकता समायोजन समिति गठन गर्ने सम्भावना छ ।

मङ्सिर ६ गते एकताका लागि नेसपाले अध्यक्ष बाबुरामको नेतृत्वमा एकता समायोजन समिति गठन गरे पनि माओवादीबाट अहिलेसम्म  समायोजन समिति गठन भएको छैन ।

भदौ १६ देखि सुरु भएको माओवादी विशेष रूपान्तरण अभियान पुस १६ गते सकिँदैछ । यस्तै, प्रचण्ड नेतृत्वको सरकारले पुस ११  गते एक वर्ष पुरा गर्दैछ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : १५ बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश