स्पेनिस ला लिगा : जिरोना फेरि शीर्षस्थानमा « Khabarhub

स्पेनिस ला लिगा : जिरोना फेरि शीर्षस्थानमा


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोना फेरि शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा अलाभेसलाई ३–० गोलले हराउँदै जिरोना शीर्षस्थानमा उक्लिएको हो । 

जिरोनाका लागि अर्टम दोभविवाईकेले दुई तथा पोर्चुगुइस मान्जानेराले एक गोल गरेका थिए ।

जिरोनाका अर्टमले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि मान्जानेराले ४२औँ मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि ५९औँ मिनेटमा अर्टमले पेनाल्टीमार्फत व्यक्ति दोस्रो गोल गर्दै जिरोनालाई सहज जित दिलाए ।

यो जितसँगै जिरोना १७ खेलबाट ४४ अंकसहित शीर्षस्थानमा छ । यसअघि ४२ अंकका साथ शीर्षस्थानमा रहेको रियल मड्रिड दोस्रो स्थानमा झरेको छ । तेस्रोस्थानको बार्सिलोनाको ३५ अंक छ । पराजित भएको अलाभेस १६ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ९ : १० बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका