नेपाल सुपर लिग : आज दुई खेल हुँदै « Khabarhub

नेपाल सुपर लिग : आज दुई खेल हुँदै


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आज स्पोर्टिङ इलाम र ललितपुर सिटी तथा बुटवल लुम्बिनी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।

आज हुने पहिलो खेलमा इलाम र ललितपुरले खेल्ने छन् । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

जारी लिगमा आज इलामले आठौँ तथा ललितपुरले सातौँ खेल खेल्दैछन् । आजको खेलमा इलाम दोस्रो जितको खोजीमा रहँदा ललितपुर तेस्रो जित सहित तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ ।

यसअघिका खेलमा इलाम एकमा जित दुईमा बराबरी र चारमा हार बेहोर्दै ५ अंकका साथ तालिकाको पुछारमा छ । यस्तै, ललितपुर भने अपराजित छ । दुईमा जित, चारमा बराबरी गर्दै १० अंक जोडेको ललितपुर तेस्रो स्थानमा छ ।

यस्तै, आजै साँझ ५ बजे हुने अर्को खेलमा बुटवल लुम्बिनी र पोखरा थन्डर्स भिड्ने छन् । दुवै टोलीले आज सातौँ खेल खेल्दै छन् ।

यसअघिका खेलमा बुटवल दुईमा जित, एकमा बराबरी र तीनमा हार बेहोर्दै ७ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ भने पोखरा तीनमा जित, दुईमा बराबरी र एकमा हारसहित ११ अंकका साथ दोस्रो स्थानमा छ ।

आजको खेलमा पोखरा चौथो जित निकाल्दै तालिकाको शीर्षस्थानमा उक्लने प्रयासमा हुनेछ भने ७ अंक भएको बुटवल तेस्रो स्थानको ललितपुरसँग १० अंकको बराबरी गर्ने लक्ष्यमा छ ।

मंसिर ८ गतेदेखि सुरु लिगमा ९ टोली सहभागी छन् ।

 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १० : १२ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन