सार्वजनिक जग्गा संरक्षणमा जुट्दै नुवाकोटका स्थानीय « Khabarhub

सार्वजनिक जग्गा संरक्षणमा जुट्दै नुवाकोटका स्थानीय


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकका विभिन्न भागमा गुठी र सार्वजनिक जग्गा अतिक्रमण भइरहेको गुनासो आइरहेका बेला नुवाकोटको तारकेश्वर गाउँपालिकामा भने स्थानीयको प्रयासमा सरकारी जग्गा संरक्षणको अभियान सुरु भएको छ ।

तारकेश्वर गाउँपालिका–३ को चन्दनीस्थित सार्वजनिक जग्गामा सरकारी भवन र केही मन्दिर रहेकामा बाँकी जग्गाको नापनक्सा गरी संरक्षण थालनी भएको स्थानीय कृष्णमान प्रधानले जानकारी दिए ।

चन्दनीका स्थानीयले संरक्षणका लागि समिति गठन गरी पालिकाबाट नापी र मालपोतबाट प्रतिनिधि खटाई जग्गाको नापजाँच थालेका छन् । सार्वजनिक जमिनमा कुनै व्यक्तिले कुनै संरचना बनाएका भए त्यसलाई हटाउन सार्वजनिक सूचना गरेका छन् ।

जमिनको नापजाँच गरी सार्वजनिक जग्गा कायम गरी साविकबमोजिम बाटो, मन्दिर र उद्यान निर्माणमा सहयोग गर्न स्थानीयले पालिकासँग अनुरोध पनि गरेको स्थानीय प्रधानले बताए ।

सरकारी जग्गाका रेखाङ्कन गर्ने क्रममा कुनै निजी भवन बनाएको तथा जग्गा अतिक्रमणमा परेको पाइएमा सार्वजनिक जग्गाको लगत व्यवस्थापन गर्दै सार्वजनिक हितका लागि सामूहिक प्रयास गर्ने स्थानीयको प्रतिबद्धता जाहेर भएको छ ।

पर्यटन प्रवर्द्धनको प्रशस्त सम्भावना भएको चन्दनी र त्यहाँबाट देखिने मनोरम दृश्यसम्बन्धी प्रचारप्रसार गर्ने विषयलाई पनि स्थानीयले जोड दिएका छन् ।

सोही क्रममा त्यस क्षेत्रबाट काठमाडौँ आएर विभिन्न पेसा व्यवसाय आबद्ध स्थानीयको भेलाले चन्दनीको विकास, धार्मिकस्थल र सार्वजनिक जग्गाको संरक्षणका लागि आ–आफ्नो ठाउँबाट प्रयास गर्ने निर्णय गरेको छ ।

सडक विस्तारका क्रममा भत्काइएका ऐतिहासिक एवं पुरातात्विक महत्वको गोरखकाली मन्दिर निर्माणका लागि  स्थानीय निकायले विनियोजन गरेको बजेट तत्काल निकासा गरिदिन पालिकासँग अनुरोध गरेका छन् ।

उक्त मन्दिर निर्माणका लागि स्थानीय निकायले पाँच लाख सहयोग गर्ने  र बाँकी रकम चन्दा सङ्कलनबाट जुटाइने बताइएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १० : ३४ बजे

बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

जानकी– आसन्न प्रतिनिधिसभा सदस्यको  निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्वतयारीका

गुडिरहेको गाडीबाट सडकमा पछारिए बालेन समर्थक, पाँचजना घाइते

बाँके- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहका

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, पहिलाकै प्याकेज यथावत्

काठमाडौं– नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको विन्टर अफर लयाएको छ ।

चुनाव प्रचारमा बालबालिका : हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं- धरान उपमहानगरपालिकाका निर्वतमान मेयर एवम् सुनसरी क्षेत्र नम्बर १

यूक्रेन-अमेरिका-रूस त्रिपक्षीय वार्ता, शान्ति प्रक्रियामा आशा बढ्यो

वासिङ्टन– यूक्रेन, अमेरिका र रूसबीच भएको त्रिपक्षीय वार्ताले रूस–यूक्रेन युद्ध