लेखक राजु अधिकारीको उपन्यास ‘द लास्ट ड्रिम’ प्रकाशित « Khabarhub

लेखक राजु अधिकारीको उपन्यास ‘द लास्ट ड्रिम’ प्रकाशित


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– लेखक राजु अधिकारीको अङ्ग्रेजी उपन्यास ‘द लास्ट ड्रिम’ प्रकाशित भएको छ ।

युद्धमा बालबालिकालाई पर्ने प्रभाव बारेमा लेखिएको उपन्यासमा युद्धले बालबालिकालाई कसरी नकारात्मक असर गर्छ र उनीहरूका सुन्दर सपनाहरू सत्यतामा परिणत नहुँदै कसरी अन्त्य गर्छ भन्ने दर्साइएको छ ।

औसतमा हरेक वर्ष कुनै न कुनै युद्धको कारणले संसारभरि तीस हजार जति बालबालिकाले मृत्यु वरण गर्छन् । त्यस्तै संसारभरि पचास करोड जति बालबालिका युद्धको प्रत्यक्ष या अप्रत्यक्ष प्रभावमा पर्छन्। युद्धमा कुनै स्वार्थ नभएका, युद्धको बारेमा कुनै जानकारी नै नभएका अबोध बालबालिका युद्धबाट सबभन्दा बढी प्रभावित मध्येमा पर्छन् ।

युद्धको कारण बालबालिकामा पर्ने नकारात्मक प्रभावले उनीहरूको भविष्यलाई मात्र असर गर्दैन, यसले उनीहरूको परिवार, उनीहरूको समाज, उनीहरूको देश र संसारभरिका सबैलाई नै नकारात्मक असर गर्छ र युद्ध नरोकिँदासम्म यो दुष्चक्र रोकिँदैन । त्यसैले युद्ध रोकौँ, पृथ्वीका भविष्यका आधार बालबालिका सुन्दर सपनालाई साकार पार्ने वातावरण बनाऔँ भन्ने सन्देश लेखकले दिन खोजेका छन् ।

नेपाली र अङ्ग्रेजी भाषामा लेख्दै आएका अधिकारीको यो दोस्रो अङ्ग्रेजी उपन्यास हो । उनको पहिलो अङ्ग्रेजी उपन्यास ‘कोरोनेसन’ मा उनले पशु अधिकारको पक्षमा मुद्दा उठाएका थिए ।

उपन्यासलाई थुप्रै डट कम ले प्रकाशनमा ल्याएको हो । थुप्रै डट कम बाट इ-बुक र अमेजनको वेबसाइट मार्फत इ-बुक तथा मूद्रित संस्करणमा उपन्यास संसारभरि उपलब्ध हुने प्रकाशकले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १२ : १७ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने