प्यूठानमा सबस्टेशन सञ्चालनमा ढिलाइ « Khabarhub

प्यूठानमा सबस्टेशन सञ्चालनमा ढिलाइ


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

स्वर्गद्वारी– प्यूठानमा सबस्टेशन सञ्चालनमा ढिलाइ भएको छ । विद्युत्को अनियमितता कम गर्ने उद्देश्यले प्यूठान नगरपालिका–८ दम्तीमा सबस्टेशन निर्माण सुरु गरिए पनि लामो समयसम्म काम थालिएको  छैन ।

सबस्टेशन नहुँदा विद्युत् अनियमितताले व्यापार–व्यवसायमा समस्या भइरहेको स्थानीय व्यवसायी शिशिर थापाले गुनासो गरेको । सबस्टेशनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार गर्न लागिएको वर्षौँ बित्दा पनि सबस्टेशन सञ्चालनमा ल्याइएको छैन ।

विसं २०७३ देखि निर्माण थालिएको सबस्टेशन २०७४ असार मसान्तसम्म सम्पन्न गरी सञ्चालन गरिनुपर्ने भए पनि छ वर्षसम्म निर्माण सम्पन्न हुनसकेको छैन । दम्तीमा ११ रोपनी जग्गामा एक ‘कन्ट्रोल भवन’ र दुईवटा ‘स्टाप क्वाटर’ निर्माण गरिएको छ । सबस्टेशनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार गर्न तार टाँग्ने काम  अधुरै छ ।

सबस्टेशनसम्म विद्युतीय लाइन विस्तार नहुँदा सबस्टेशन सञ्चालनमा ढिलाइ भएको नेपालगञ्जस्थित नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख ई हरिप्रसाद पाण्डेले बताएका छन् । उनले भने, ‘धेरै ठाउँमा तार टाँगिएको छ, पुलमा जमिनमुनिबाट तार बिछ्‌याउने ठाउँमा ढुङ्गा भेटिएकाले समय लागेको छ ।’ रु सात करोड ५० लाखको लागतमा  सबस्टेशन निर्माणको काम काठमाडौँको आरके इन्टरनेसनलले र रु पाँच करोड ३३ लाखको लागतमा लाइन विस्तारको ठेक्का त्रिपुरेश्वर–जयदुर्गा जेभीले जिम्मा लिएका थिए ।

प्रमुख पाण्डेले सबस्टेशन शीघ्र सञ्चालनका लागि प्रयास भइरहेको जानकारी दिए । सबस्टेशन सञ्चालन र सडकमा टाँगिएको अव्यवस्थित तार व्यवस्थापन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिँदै आएका छन् । सबस्टेशन नजिकैका सडकमा होचा पोलमा भएका तार व्यवस्थित गर्न अतिआवश्यक भएको स्थानीयवासी शशिधर पण्डितले बताए ।

 विद्युत् प्रसारण लाइनका लागि नदी किनारमा बाँध नहुँदा बगाउने जोखिम र सडकमा होचा तारले अग्ला गाडीमा करेन्टको जोखिम रहेको भन्दै लाइन सुरक्षित गर्नसमेत आग्रह गर्दै आएका उनको भनाइ थियो  । 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १२ : ३९ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले