अहिलेको व्यवस्थाविरुद्ध असन्तुष्टि पैदा भएको छ : महासचिव पोखरेल « Khabarhub

अहिलेको व्यवस्थाविरुद्ध असन्तुष्टि पैदा भएको छ : महासचिव पोखरेल


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकार सबै क्षेत्रमा असफल भइसकेको कारण अहिले व्यवस्था विरुद्ध असन्तुष्टि पैदा भएको बताएका छन् ।

एमालेले आयोजना गरेको १८ दिने पुष्पलाल लोकमार्ग केन्द्रित संकल्प यात्राका बारेमा जानकारी दिन मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकारप्रतिको अविश्वास र वितृष्णालाई व्यवस्थाको विरोधमा प्रयोग गर्न नहुने समेत बताएका छन्  । 

उनले अहिले कै संविधान अनुसार कुनै एक दलको बहुमत आउन सक्ने सम्भावना रहेको बताउदै जनताले नीतिगत र दूरदर्शी नेतृत्व भएको बलियो राष्ट्रिय शक्तिलाई निर्वाचित गराउन विवेक प्रयोग गर्नुपर्ने बताए । महासचिव पोखरेलले कोशी प्रदेशको नामाकरण संवैधानिक र कानुनी प्रक्रिया पुर्‍याएर भएकाले यसबाट एमाले पछि नहट्ने स्पष्ट पारे । 

एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले हिमाल, पहाड र तराई मधेस जोड्ने गरी आगामी दिनमा पनि संकल्प यात्राहरु आयोजना गरिने जानकारी दिएका छन् । 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १ : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको