राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेशको खारेजीका लागि आन्दोलन गर्ने « Khabarhub

राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेशको खारेजीका लागि आन्दोलन गर्ने


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेशको खारेजीका लागि देशभर आन्दोलन गर्ने भएको छ ।

आज केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै राप्रपाले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको हो ।

आन्दोलनको तयारीका लागि पुष, माघमा देशैभर व्यापक सभा तथा तयारीका काम गरिने, फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।

पुस १ गतेदेखि बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै राप्रपाले आन्दोलनका लागि समान विचार राख्ने दल, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी एवम् देशभित्र र बाहिर रहेका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सहभागी हुन आग्रह गरेको छ ।

बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलनको मूल समिति गठन गरेको छ । यस्तै संगठन विभाग प्रमुख डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति तथा प्रवक्ता मोहन कुमार श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति गठन भएको छ ।

आवश्यक अनुसार अन्य समिति बनाउने बैठकले निर्णय गरेको छ । राप्रपाको पुस १ देखि ३ गतेसम्म केन्द्रीय समितिको बैठक बसेको थियो ।

 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ४ : ५० बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती