भारतको लोकसभामा ४९ विपक्षी सांसद निलम्बित | Khabarhub Khabarhub

भारतको लोकसभामा ४९ विपक्षी सांसद निलम्बित


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको लोकसभाबाट थप ४९ सांसद निलम्बनमा परेका छन् । डिसेम्बर १३ तारिखमा संसदमा चार जना युवा प्रवेश गरेर धुँवा फैलाएको विषयमा विपक्षी सांसदले नाराबाजी गरेपछि उनीहरू निलम्बनमा परेका हुन् ।

आज निलम्बनमा पर्ने सांसदहरुमा फारुक अब्दुल्लाह, शशि थरुर, मनिष तिवारीसमेत रहेको भारतिय सञ्चार माध्यमले जनाएका छन ।

संसद्को सुरक्षालाई लिएर भारतीय संसदमा विवाद भइरहेको छ । संसद सुरक्षाको जिम्मा लोकसभा अध्यक्षको भएको सत्तापक्षको भनाई छ भने विपक्षीहरु सुरक्षाको विषयमा गृहमन्त्रीको जवाफ मागिरहेका छन् ।

विपक्षीहरुले नरेन्द्र मोदी नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप लगाउँदै संसदमा एक जना पनि विपक्षी सांसद रहेसम्म गृहमन्त्रीको जवाफ मागिरहने चेतावनी दिएका छन् ।

पछिल्लो एक हप्तामा भारतको लोकसभा र राज्यसभाका गरेर एक सय ४१ जना सांसद निलम्बनमा परेका छन् ।

सरकारले संसदमा केही विधेयक पेस गर्ने तयारी गरेको र ती विधेयकमा विपक्षीले असहमति जनाउने देखेर धमाधम विपक्षी सांसद निलम्बनमा परेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : २९ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक