बलरमाथि कीर्तिमानी मूल्य तिर्दा, आईपीएलमा बिकेनन् स्पिनरहरू  « Khabarhub

बलरमाथि कीर्तिमानी मूल्य तिर्दा, आईपीएलमा बिकेनन् स्पिनरहरू 


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.3k
Shares
  • change font
  • change font
  • change font

इन्डिएन प्रिमिएर लिग (आईपीएल) क्रिकेटको अक्सनमा स्पिनरमाथि अधिकांश टोलीले चासो देखाएका छैनन् ।

युएईमा चलिरहेको आईपीएल मिनि अक्सनमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कलाई कोलकत्ता नाइट राइडर्सले कीर्तिमानी मूल्य २४ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको छ ।

यसअघि आजै अस्ट्रेलियाका बलर प्याट कमिन्समाथि सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो ।

बलरमाथि आईपीएल टिमले कीर्तिमानी मूल्य लगाउँदा प्रभावशाली स्पिनर किन्न कुनै पनि टोलीले चासो देखाएका छैनन् ।

अफगानिस्तानका स्पिनर मोहम्मद वाकर, इंग्ल्याण्डका स्पिनर अदिल रासिद, वेष्ट इन्डिजका अकेल होसीन, न्युजल्याण्डका इज सोधी, साउथ अफ्रिकाका स्पिनर तब्रेइज साम्सी माथि कुनै पनि टिमले किन्न चासो देखाएनन् ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : ४९ बजे

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले