एकीकृत समाजवादीको जिल्ला अधिवशेन स्थगित « Khabarhub

एकीकृत समाजवादीको जिल्ला अधिवशेन स्थगित


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीको जिल्ला अधिवशेन स्थगित गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको सचिवालय बैठकले पार्टीको राष्ट्रिय सम्मेलनले पछि मिति तोक्नेगरी हाललाई जिल्ला अधिवशेन स्थगित गर्ने निर्णय गरेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, सचिवालय बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहेको उनले बताए । सचिवालयको अर्को बैठक शनिबार बस्ने र विधान संशोधन प्रस्तावमाथि छलफल हुने श्रेष्ठले जानकारी दिए ।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन विभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वको समितिले सोमबार सचिवालय बैठकमा संशोधन प्रस्ताव पेश गरेको थियो । समाजवादीले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ६ : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको