शैक्षिक विकासमा सबै क्षेत्रको योगदान आवश्यक : उपसभामुख राना मगर | Khabarhub Khabarhub

शैक्षिक विकासमा सबै क्षेत्रको योगदान आवश्यक : उपसभामुख राना मगर


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

झापा- प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले शैक्षिक विकासमा सबै क्षेत्रको योगदान आवश्यक भएको बताएकी छिन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन झापाले आज दमकमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा उनले शैक्षिक क्षेत्रको विकास सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकाले सबैको योगदानको खाँचो रहेको बताइन् ।

सरकारले शैक्षिक विकासमा ठूलो लगानी गर्दैआएको उल्लेख गर्दै उपसभामुख मगरले भनिन्, “सरकारबाट जति प्रयास भएको छ, त्यसले गुणात्मक प्रतिफल दिन सकेको छैन । यसमा सबै पक्ष गम्भीर हुनुपर्छ ।” देशको शैक्षिक क्षेत्रमा निजी क्षेत्रको योगदान उल्लेखीय रहेको उनको भनाइ थियो ।

उपसभामुख मगरले नेपालको शिक्षा जीवनपयोगी हुन नसकेकै कारण धेरै युवा विदेश पढ्न जाने गरेका र यो चिन्ताको विषय भएको उल्लेख गरिन् । सो अवसरमा प्याब्सनमा महत्वपूर्ण योगदान पुर्‍याएबापत शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ्ग थ्रोपा र प्याब्सन झापाका पूर्वउपाध्यक्ष चन्द्रप्रकाश राईलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : ०० बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका