शैक्षिक विकासमा सबैको योगदान आवश्यक : उपसभामुख राना मगर « Khabarhub

शैक्षिक विकासमा सबैको योगदान आवश्यक : उपसभामुख राना मगर


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले शैक्षिक विकासमा सबै क्षेत्रको योगदान आवश्यक भएको बताएकी छन्  । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले आज दमकमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा उनले शैक्षिक क्षेत्रको विकास सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकाले सबैको योगदानको खाँचो रहेको बताइन् । 

सरकारले शैक्षिक विकासमा ठूलो लगानी गर्दैआएको उल्लेख गर्दै उपसभामुख मगरले भनिन्, ‘सरकारबाट जति प्रयास भएको छ, त्यसले गुणात्मक प्रतिफल दिन सकेको छैन । यसमा सबै पक्ष गम्भीर हुनुपर्छ ।’ देशको शैक्षिक क्षेत्रमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको उनको भनाइ थियो । 

उपसभामुख मगरले नेपालको शिक्षा जीवनोपयोगी हुन नसकेकै कारण धेरै युवा विदेश पढ्न जाने गरेका र यो  चिन्ताको विषय भएको उल्लेख गरिन् । सो अवसरमा उनले प्याब्सनमा महत्वपूर्ण योगदान पुर्‍याएबापत शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ्ग थ्रोपा र प्याब्सन झापाका पूर्वउपाध्यक्ष चन्द्रप्रकाश राईलाई सम्मान गरेकी थिइन्  ।  

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ६ : ४४ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई