मेनपावरका सञ्चालकसहित दुई जना पक्राउ « Khabarhub

मेनपावरका सञ्चालकसहित दुई जना पक्राउ


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी अरब पठाइदिन्छु भन्दै ठगी गर्ने मेनपावरका सञ्चालकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासी स्थायी घर भएका ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोक स्थायी घर भएकी  ४० वर्षीया सोफी मल्ल रहेका छन् ।

काठमाडौंकाे पुरानो बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ मेनपावरका संचालक लक्ष्मण विश्वा समेत दुई जनाले ओम बाबु साहलाई वैदेशिक रोजगारीको लागि साउदी अरब पठाइदिन्छु त्यसको लागि  एक लाख २५ हजार रुपैयाँ लाग्छ र साउदी अरब पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, जहाँ मासिक ४० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई एक लाख २५ हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दुबैलाई मंसिर २२ गते पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ६ : ४५ बजे

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको