परिणाममुखी काम गर्न मातहतका प्रमुखलाई मन्त्री रिजालको निर्देशन « Khabarhub

परिणाममुखी काम गर्न मातहतका प्रमुखलाई मन्त्री रिजालको निर्देशन


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखलाई निर्देशन दिएका छन् ।

मन्त्री रिजालले आज मन्त्रालयमा सचिव, सहसचिव, महानिर्देशक तथा मातहतका विभिन्न सार्वजनिक निकायका प्रमुखमाझ खरोरूपमा प्रस्तुत हुँदै यस्तो निर्देशन दिएका हुन्  । आर्थिक वर्ष २०८०-८१ को मङ्सिर महिनासम्मको प्रगति समीक्षा गर्न आज मन्त्रालयमा बैठक बसेको थियो ।

देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने मन्त्री रिजालको भनाइ थियो । ‘कानुनविपरीत जाने हैन, सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्’, मन्त्री रिजालले भने , ‘आफ्ना कमीकमजोरीलाई ढाकछोप नगरी इमान्दारीका साथ काम गर्नुहोस्, कुनै पनि तर्क दिएर कसैले पनि काम टाल्न नखोज्नुहोस् ।’

देशको परिस्थिति, जनअपेक्षा र सरकारको अभिभारा बुझ्न मन्त्री रिजालले सबैलाई आग्रहसमेत गरे । ऐन कानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्न आग्रह गर्दै मन्त्री रिजालले त्यस्ता ढिलासुस्ती निरुपण गर्नेतर्फ आफ्नो ध्यान जाने र अब ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे । 

मन्त्रालयमा आर्थिक वर्ष २०८०-८१ को मङ्सिरसम्मको खर्चमा चालुतर्फ ३१ दशमलव शून्य दुई प्रतिशत अर्थात् एक अर्ब ५० करोड ३२ लाख, पुँजीगततर्फ ३ दशमलव शून्य छ प्रतिशत अर्थात् रु १० करोड १० लाख गरी कूल १९ दशमलव ७ एक प्रतिशत अर्थात् रु एक अर्ब ६० करोड ४२ लाख खर्च भएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : १६ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय ?

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको संवाद

पोखरा– शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक,