प्रचण्ड सरकारको एक वर्ष सफल : नेता भट्ट « Khabarhub

प्रचण्ड सरकारको एक वर्ष सफल : नेता भट्ट


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारको एक वर्ष सफल भएको बताएका छन् ।

मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पछिल्ला सरकारभन्दा सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध सफल भएको दाबी गरे ।

“नेपाल श्रीलंकाको बाटोतिर भन्ने हल्लाबीच हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेको थियो । राजनीतिक र कूटनीतिक सन्तुलन मिलाएर सुशासन र भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेर सरकारले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ” भट्टले भने । आर्थिक सूचकहरु सुधारोन्मुख रहेको भन्दै उनले निरासाबाट आशाका किरण देखा परेको बताए ।

सरकार दिर्घकालीन आर्थिक समृद्धिको लागि अगाडि बढेको बताउँदै भट्टले भने, “सरकार सामाजिक न्यायका हिसाबले पनि सफल भएको छ । निरङ्कुशकालीन मिटरब्याजीबाट नागरिक मुक्तभएका छन्, अर्ब पीडितले फिर्ता पाएका छन् । सरकारले विगतको तुलनामाभन्दा महङ्गी नियन्त्रणमा गर्न पनि सरकारले पहललिएको छ । विगतदेखि रोकिएको उखु किसानको बाँकी भुक्तानी भएको छ ।”

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : ३७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल