दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा एनसेलको शेयर खरिदबिक्रीबारे सर्वोच्चले माग्यो लिखित जवाफ, एनसेलबाट कर असुल गर्न संसदीय समितिको निर्देशन, डा सन्तोष पौडेल वीर अस्पतालमा फर्किन बाटो खुल्यो, राप्रपाद्वारा देशभर आन्दोलनको घोषणा, एकीकृत समाजवादीको जिल्ला आधिवेशन स्थगितलगायतका समाचारले प्रमुख स्थान पाए ।

एनसेलको शेयर खरिदबिक्रीबारे सर्वोच्चले माग्यो लिखित जवाफ
सर्वोच्च अदालतले एनसेलको शेयर खरिदबिक्रीविरुद्ध परेको रिट निवेदनमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएर सरकारसँग कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।

एनसेलबाट कर असुल गर्न संसदीय समितिको निर्देशन
संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद बिक्रीबाट राज्यले प्राप्त गर्नुपर्ने कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समिति बैठकले सरकारबाट बनाइएको छानविन समितिको प्रतिवेदनलाई समेत आधार लिई प्रचलित कानून बमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर र गैरकर रकम एनसेलबाट असुल उपर गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

डा सन्तोष पौडेल वीर अस्पतालमा फर्किन बाटो खुल्यो
सर्वोच्च अदालतले डा। सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्बहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

एनसेल शेयर बिक्री प्रक्रिया स्वाभाविक नदेखिएकाले छानविन समिति गठन गरिएको हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सहज र स्वाभाविक नदेखिएकाले नै छानविन प्रक्रिया अघि बढाइएका बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले एनसेलले प्रकरण मुुलुकको हित विपरित देखिएको र शेयर बिक्री प्रक्रिया सहज र स्वाभाविक नदेखिएकाले नै छानविन प्रक्रिया अघि बढाइएको बताएका हुन् ।

राप्रपाद्वारा देशभर आन्दोलनको घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो फागुन महिनामा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ। गत आइतबारदेखि सुरु भएर आज सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशभर आन्दोलन गर्ने घोषणा गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए।

देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : अर्थमन्त्री महत
अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उनले ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्कपूर्वक लगानी गर्न आग्रह गरे।

एकीकृत समाजवादीको जिल्ला अधिवशेन स्थगित
नेकपा एकीकृत समाजवादीले पार्टीको जिल्ला अधिवशेन स्थगित गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको सचिवालय बैठकले पार्टीको राष्ट्रिय सम्मेलनले पछि मिति तोक्नेगरी हाललाई जिल्ला अधिवशेन स्थगित गर्ने निर्णय गरेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

प्रचण्ड सरकारको एक वर्ष सफल : नेता भट्ट
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारको एक वर्ष सफल भएको बताएका छन् ।

मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पछिल्ला सरकारभन्दा सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध सफल भएको दाबी गरे ।

मानव क्षमता अभिवृद्धिमा जोड दिएका छौं : मन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले आवधिक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताएका छन्।

नेपालले आफ्नो विकास योजना र कार्यक्रममा मानव विकासको अवधारणालाई समावेश गरेको भन्दै उनले आवधिक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताए।

आउँदो चैतमा काठमाडौं महानगरले ‘सूचना प्रविधि सम्मेलन’ गर्ने
काठमाडौं महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न लागिएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

मंगलबार पनि सेयर बजार उकालो
मंगलबार पनि सेयर बजार उकालो लागेको छ । मंगलबार ४५.९८ अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक २१०६.४८ विन्दुमा आएर बन्द भएको छ ।

मंगलबार ३१३ कम्पनीका ९९ हजार ६ सय ४१ पटक भएको कारोबारमा १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १ सय ७५ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ९ : ०१ बजे

भीमसेन थापापछि कुनै प्रधानमन्त्रीले ५ वर्ष सरकार चलाउन सकेनन् : योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालमा गणतन्त्रात्मक बहुदलीय

‘बोइङ स्टारलाइनर’को प्रक्षेपणमा ढिलाइ

काठमाडौं– नासा र बोइङले अब अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा स्टारलाइनर अन्तरिक्ष

बुढीखोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोला सडकखण्ड भासिएको

एमाले संसदीय दलको बैठकमा शंकर पोखरेल र युवराज खतिवडा पनि

काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक अहिले संसद् भवन नयाँबानेश्वरमा

पार्टी फुटेपछि उपेन्द्रले केन्द्रीय कमिटी १५१ बाट २५१ पुर्‍याए, महासचिव र उपाध्यक्ष पनि थपे

काठमाडौं- गत वैशाख २३ गते अशोककुमार राईसहितका ३२ जना नेताहरूले