प्रदेश सरकार प्रभावकारी हुन सकेन : विजुक्छें « Khabarhub

प्रदेश सरकार प्रभावकारी हुन सकेन : विजुक्छें


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले जनता केन्द्रित भएर आफ्नो जिम्मेवारी पूरा गर्नु जनप्रतिनिधिको कर्तव्य भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

 

भक्तपुर नगरपालिकाको ७५ औँ स्थापना दिवसको अवसरमा नगरपालिकाले आज आयोजना गरेको प्रवचनमा उनले जनप्रतिनिधि र कर्मचारी आफ्नो काम, कर्तव्य र अधिकारबारे प्रष्ट हुँदै जनताको काममा केन्द्रित भएर लाग्नुपर्ने बताए ।

 

विजुक्छेंले भने, ‘प्रदेश सरकार प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा जनतामा निरासा छाएको छ, प्रदेशका मुख्यमन्त्री जनताको समस्या सम्बोधन गर्नुभन्दा पनि ठूलाठूला भवन निर्माणमा बजेट र आफ्नो समय खर्चिरहेका छन् ।’

शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायत नयाँनयाँ विषयमा भक्तपुरलाई ‘टेष्ट ट्युब’ को रुपमा विकास गर्नसके देशलाई नै फाइदा पुग्ने बताउँदै उनले भक्तपुरलाई सांस्कृतिक नगर बनाउने विषयमा छलफल आवश्यक भएको औँल्याए ।

नेपालमा सङ्घीयताको सफल कार्यान्वयन नभए स्वायत्तताको दुरुपयोग हुन सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिँदै अध्यक्ष विजुक्छेंले समयमै राजनीतिक दलहरूले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको इतिहासबारे चर्चा गर्दै संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी भक्तपुर नपाले आवश्यकताअनुसार ऐन, नियम, विनियम र कार्यविधि बनाई जनताको हितमा काम गर्दै आइरहेको बताए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, पर्यटकीय गन्तव्य स्थल र सांस्कृतिक नगर घोषणा गर्ने योजनासहित भक्तपुर नगर अघि बढिरहेको बताए ।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवा, ख्वप माध्यमिक विद्यालयका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्ललगायतले नगरपालिकाले देखिने गरी उपलब्धिमूलक कामको चर्चा गरे।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : ३० बजे

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

त्रिपुरेश्वरमा बस र चालक जलेको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन