इजराइली आक्रमणपछि अल–अहली अस्पताल बन्द « Khabarhub

इजराइली आक्रमणपछि अल–अहली अस्पताल बन्द


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी – गाजापट्टीमा अन्तिम बचेका अस्पतालमध्येको एकले इजराइली सेनाको आक्रमणपछि मङ्गलबार काम गर्न बन्द गरेको सो अस्पतालका निर्देशकले बताएका छन् । निर्देशक फादेल नइमका अनुसार इजराइली सैनिकहरूले अल–अहली अस्पतालमा आक्रमण गरेका थिए । आक्रमणमा भवनका केही भागलाई नष्ट पार्दै सैनिकहरूले चिकित्सक, मेडिकल स्टाफ र बिरामीहरूलाई गिरफ्तार गरेको उनले बताए।

‘इजराइली आक्रमणबाट अस्पताललाई कामबिहीन बनाएको छ, हामी कुनै पनि बिरामी वा घाइतेलाई लिन सक्तैनौँ’, उनले भने । उनका अनुसार सोमबार इजराइली आक्रमणमा घाइते भएका कम्तीमा चार जनाको अल–अहली अस्पतालमा भएको हमलामा मङ्गलबार मृत्यु भएको छ । ‘हाम्रो जानकारी अनुसार वरपरका सडकहरूमा दर्जनौँ घाइते छन्’, उनले भने ।

ब्याप्टिस्ट वा अहली अरब अस्पतालको नामले चिनिने अल–अहलीको कार पार्कमा अक्टोबर १७ मा विस्फोट हुनुभन्दा अघि नै व्यापक क्षति भएको थियो । उक्त विस्फोटमा दर्जनौँको ज्यान गएको थियो । लडाकू समूह हमास र इस्लामिक जिहादले उक्त विस्फोटका लागि इजराइलमाथि आरोप लगाएका छन् तर इजराइलले उक्त आरोपको खण्डन गर्दै इस्लामिक जिहादले एउटा असफल रकेट आक्रमण गर्दा विस्फोट भएको बताएको छ ।

अक्टोबर ७ मा इजराइल र हमासबीच युद्ध सुरु भएपछि गाजापट्टीमा इजराइली आक्रमणबाट अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत संरक्षित अस्पतालहरू बारम्बार प्रभावित भएका छन् । इजराइली सैनिकहरूले यसअघि गाजामा अन्य चिकित्सा सुविधाहरूमा छापा मारेका थिए । यसमा गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफा पनि रहेको छ । अहिले उक्त अस्पतालले अत्यन्त सानो टिमका साथ न्यूनतम क्षमतामा काम गरिरहेको छ ।

आइतबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अल–अहली अस्पताललाई शल्यक्रियाका लागि अल–शिफा अस्पतालबाट ‘गम्भीर बिरामीहरू’ प्राप्त भइरहेको बताएको थियो । डब्लुएचओले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको बताएको छ ।

गाजामा नागरिकको बढ्दो मृत्यु र अस्पतालहरूको विनाशलाई लिएर इजराइलले व्यापक अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ ।

पछिल्लो आधिकारिक इजराइली तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार साँघुरो क्षेत्रमा हमास लडाकूहरूले सीमा पार गरी भयानक आक्रमण गर्दा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ३९ जनाको मृत्यु भएको थियो । हमलाका क्रममा हमासका लडाकूहरूले करिब दुई सय ५० मानिसलाई अपहरण गरी गाजापट्टी लगेका थिए ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा १९ हजार छ सय ६७ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : ४० बजे

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान